एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुमरौढा स्थित महाविर साह परिवारमा बज्रपात परेको छ । महाविर साहका बुवा बयोवृद्व जुगेश्वर साहको निधन भएकाले गत बुधवार संस्कारको अन्तिम दिन उनको घर छेउकै पोखरीको फराकिलो डिलमा सात गाँउको हजारौं जना सभाको भोज खान जम्मा भएको थियो । जस्मा उनका परिवारजन र नातेदार पनि जम्मा हुनु स्वभाविक नै थियो ।
भोजका कारण महाविर साहको बुहारीको अन्य दुई दिदीवहिनीहरु क्रमश धनुषाको सबैला र चौलिख्खा बाट पनि बालबच्चा सहित त्यहाँ आएका थिए । तर तिनैजनाको एक एक सन्तान (छोराहरु)को भोज स्थल संगै रहेको पोखरीमा डुबेर दुःखद मृत्यु भयो । परिवार र गाँउ शोकमा छन् । महाविरको छोरा दिलिप साहको जेठो छोरा ११ वर्षिय आयुस साह सहित १० वर्षिय आदित्य कुमार साह र १४ वर्षिय सुशान्त साह गरि तिनजना बालकहरुको मृत्यु भयो ।

नातामा मृतक तिनैजना बालक माहाविर परिवारको नाती पर्दछ । त्यस पछि पनि धनुषामा थप एक पुरुषको डुबेर मृत्यु भइसकेको छ । यो त एक उदाहरण घटना मात्र हुन यि तिनजना बालकहरु सहित मधेश प्रदेश प्रहरीको कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको महिना साउन र भदौं २२ गते सम्म मात्र ५० जनाको मधेशमा डुबेर मृत्यु भएकोमा ३९ जना मात्र बालबालिका छन् ।
मधेश प्रहरीले एसपी खवरलाई आज (आइतवार) उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मात्र एक महिना २२ दिनमा हिजो शनिवार सम्म ५० जनाको मृत्यु भएको हो । जस्मा धनुषामा सर्वाधिक १३ जनाको मृत्यु भएकोमा ९ बालबालिका ३ पुरुष र एक महिला छन् । त्यसैगरि महोतरीमा ७, सप्तरीमा ७ र रौतहट तथा सर्लाहीमा ६÷६ जनाको डुबेर मृत्यु भएको छ ।
हेर्नोस अहिले सम्मको ताजा अपडेट (मधेश प्रहरी जनकपुरधाम)

गत आर्थिक वर्षमा १ सय ८५ जनाको ज्यान गयो
प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा मधेशमा डुबेर १ सय ८५ जनाले ज्यान गुमाएका छन् । जस्मा बालबालिका १ सय २४, पुरुष ४७ र महिला १४ जना छन् । सो एक वर्षमा सबै भन्दा बढि सप्तरीमा ३६, धनुषा ३१, रौतहट ३० र सर्लाहीमा २६ जनाको मृत्यु भएको देखिन्छ । सबै जिल्लाहरुको तथ्याङ्क हेर्दा अधिकांश बालबालिकाहरुले ज्यान गुमाएको देखिन्छ । मधेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार घटनाहरु समग्रमा हेर्दा मानविय त्रुटी, वर्षातको समयमा पोखरीमा जाने पौडी खेल्ने, माछा मार्ने, अभिभावकको पहुँच र सम्पर्क बिना यस्ता प्रयास गर्ने, स्थानिय तहले विकास निर्माणका क्रममा खाल्डाहरु खन्ने र त्यसमा पानी जमेर जोखिम पनि छ भन्ने कुराको जानकारी अभावमा घटना हुने गरेको छ ।
हेर्नोस गत शुक्रवार भएको थप अर्को घटनाको प्रहरी विवरण






