एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :

जनकपुरधामको श्रीराम जानकी सुडी कुट्टीको अध्यक्षमा रामबालक महतो निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्विीलाई फराकिलो मतान्तरले पराजित गर्दै महतो अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा महतो प्यानलकै अधिकांश सदस्यहरु श्रीराम जानकी कुट्टीको कार्यसमितिमा निर्वाचित भएका हुन् । कार्यसमितिको सदस्यहरुमा पुनम साह, संतोषकुमार साह, संतोषकुमार महतो, धर्वेन्द्र साह, अरुणकुमार नायक, सुजितकुमार महतो, विनोदकुमार साह, श्यामसुन्दर साह, नरेशकुमार महासेठ र रामवृक्ष महतो सुडी रहेका छन् ।