एसपी रिपोर्टर
जनकपुरधाम, साउन २४ :
नेपाल–भारत उद्योग बाणिज्य संघको बीरगन्ज च्याप्टरको टोलीले भारतको निति आयोगका निर्देशकसंग भेटवार्ता गरेको छ । नेपाल भारत उद्योग वाणिज्य संघ वीरगंज च्याप्टरका अध्यक्ष अभिषेक चौधरी नेतृत्वको टोलीले भारतीय निति आयोगका निर्देशक युगल किशोर जोशी भेटवार्ता गरेको हो ।
भारतको नयाँदिल्लीमा ६ अगष्ट २०२४ देखी शुरु हुने तीन दिवसीय विमस्टेक विजनेस सम्मेलन २०२४ मा सहभागी हुने अभिप्रायले सो टोली भारत पुगेको हो । भेटमा वातावरण संरक्षण, प्रभावकारी जल व्यवस्थापन र दिगोपनाका लागि नीति आयोगलाई नेपाल सरकार, उद्योगी र नागरिक समाजसँग आफ्ना उत्कृष्ट अभ्यासका अनुभव आदान प्रदान गरिएको थियो ।
भारतको निति आयोगका निर्देशक जोशीले नीति आयोगका कार्यहरूमा नीति निर्माण अन्तर्गत दीर्घकालीन रणनीतिक र प्रोग्रामेटिक ढाँचा विकास गर्ने, अन्तर–मन्त्रालय समन्वय र अनुगमनलाई सहज बनाउने र नीतिहरूको कार्यान्वयनको अनुगमन गर्ने, अनुसन्धान र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने, आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक हितमा नीतिहरूको वकालत गर्ने, राज्य सरकारहरूलाई नीति निर्माण र कार्यान्वयनका लागि अनुमोदन गर्ने, विशेषज्ञता र ज्ञानको केन्द्रको रूपमा कार्य गर्ने, प्राविधिक विशेषज्ञता र उत्कृष्ट अभ्यासहरू प्रदान गर्ने काम गर्दै आएको बताएका थिए । यो आयोग भारतका प्रधानमन्त्रीको अध्यक्षतामा छ ।
छलफलमा पि.एच.डी च्याम्बर अफ कमर्शमा भारत–नेपाल केन्दका सचिब अतुल ठाकुर र नेपाल भारत उद्योग बाणिज्य संघका वीरगञ्ज च्याप्टरका तीन विभिन्न समितिका संयोजकहरु चन्दन सिंह, सुमित केयाल तथा दिपेश अग्रवालको उपस्थिति थियो ।





