नेपाल भारत उद्योग वाणिज्यको टोलीले भेटे भारतस्थित नेपाली राजदूत


एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ :
नेपाल–भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरका अध्यक्ष श्री अभिषेक चौधरी नेतृत्वको टोलीले भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मासंग भेटवार्ता गरेको छ ।
भारतको नयाँदिल्लीमा ६ अगष्ट २०२४ देखी शुरु हने तीन दिवसीय बिमस्टेक बिजिनेस सम्मेलन २०२४ मा सहभागी हुन पुगेको टोलीले राजदूत शर्मा संग भेट गरे । भेटमा नेपाल र भारत बीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धको चर्चाका साथै दुई देश बीचको वाणिज्य, पारवहन, पर्यटन, जलविद्युत, लगानी प्रवर्द्धन लगायत विषयमा कुराकानी भएको छ । सन् १९९६को वाणिज्य सन्धी तथा १९९९मा सम्पन्न पारवहन सन्धी पछि दुई देश बीचको व्यापार वढदै गएर अहिले नेपालको कूल व्यापारको झण्डै दुई तिहाइ व्यापार भारतसंग हुँदै आईरहेको छ । छलफलमा पि.एच.डी च्याम्बर अफ कमर्श भारत नेपाल केन्द्रका सचिव अतुल ठाकुर, नेपाली राजदूतावासको तर्फवाट नियोग उपप्रमुख डा. सुरेन्द्र थापा, मिनिस्टर इंकोनोमिक श्री तारा नाथ अधिकारी , काउन्सेलर बद्री प्रसाद तिवारी तथा नेपाल भारत उद्योग वाणिज्य संघका वीरगन्ज विभिन्न समितिका संयोजकहरु चन्दन सिंह, सुमित केयाल तथा दिपेश अग्रवालको उपस्थिति थियो ।
