एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ :
मधेश प्रदेशका शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी तिवारीले शिक्षामा पछिल्लो सिमय व्यापक बेथिति देखिएकोले त्यसमा सुधार ल्याउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिएकी छन् । यसका लागि विद्यार्थीहरुमा देखिएको चिट चोर्ने प्रवृतिका बदल्नुका साथै परिक्षाहरुलाई मर्यादि तगर्न तर्फ केन्द्रित हुन आग्रह गरिन् ।
साउन २३ गतेबाट आरम्भ हुने एसइईको पूरक (गे्रडवृद्धि) परीक्षालाई मर्यादित बनाइने उनले बताइन् ।
सोमबार जनकपुरधाममा एक अन्तक्र्रियामा मन्त्री तिवारीले मर्यादित परीक्षा सञ्चालनका लागि सहयोग गर्न परीक्षार्थीका अभिभावकलाई आह्वान गरिन् ।
साउन ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारहरूलाई दिएको छ ।
‘परीक्षामा नक्कल गर्ने प्रवृत्तिले विद्यार्थीको भविष्य बिग्रिँदै गएको छ,’ उनले भनिन्, ‘अभिभावकहरू आफ्ना सन्तानको भविष्य राम्रो होस् भन्ने चाहन्छन् । त्यसैले मर्यादित परीक्षाका लागि उहाँहरूको सहयोग हुनेमा विश्वस्त छु ।’
शिक्षा क्षेत्रमा बेथिति व्याप्त रहेको भन्दै मन्त्री शर्माले शिक्षा क्षेत्र सुधारका लागि सङ्घ र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिइन् । उनले सङ्घ सरकारले शिक्षा ऐन नल्याउँदा समस्या उत्पन्न भइरहेको बताइन् ।





