एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : नेपाल चिकित्सक संघ धनुषाले विहिवार जनकपुरधाममा सर्वपक्षिय बैठक डाक्यो । कारण थियो नेपाल रेडक्रसद्वारा जनकपुरधाममा सञ्चालित श्री जानकी आँखा अस्पतालमा हुने गरेको मनोमानी ।
आँखा अस्पतालमा कार्यरत चिकित्सकहरु क्रमश डा. अमित यादव, डा. सन्तोष कुमार साह र डा. रञ्जना ठाकुरको पक्षमा उनीहरुको नियुक्ती र वाँकी रहेको तलवका सन्दर्भमा बुधवार संघका पदाधिकारीहरु अस्पताल पुगेका थिए । पाँच वर्ष देखि अस्पतालमा कार्यरत डा. यादवको नियुक्ती नविकरण भईनरहेको तथा छ महिना देखिको तलव रोक्का गरिएको साथै डा. साह र डा. ठाकुरको समेत छ महिना देखिको तलव दिन नचाहेको गुनासो र संघमा परेको उजुरीको आधारमा चिकित्सकहरु त्यहाँ पुगेका रहेछन् ।
आँखा अस्पतालको सञ्चालक समिति र व्यवस्थापकले सुरुमा तिनजना डाक्टरहरु प्रति भइरहेको अन्यायका बारेमा बुझने र आफुहरुको कुरा नसुने तालाबन्दी गर्ने समेतको तयारीका साथ त्याहाँ पुगेका रहेछन् । संघका महासचिव डा. रामज्ञान यादवले आफुहरु प्रति अस्पतालका मेडिकल डाइरेक्टर सहित त्यहाँका गलत तत्व जाइलाग्ने गरि प्रस्तुत हुँदा धक्काधक्ली समेत भएको बताए ।
त्यसपछि संघले ति तिनजना चिकित्सकहरुको मांगका साथै आँखा जस्तो संवेदनशिल अंगको उपचार हुने अस्पतालको समग्र सुधारका लागि सर्वपक्षिय छलफल गर्ने भन्दै विहिवार बैठक आह्वान गरे । संघका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको बैठकमा अस्पताल सञ्चालक समितिका पुर्व र वर्तमान कोषाध्यक्ष क्रमश संजय साह र धिरेन्द्र मोहन झा, नेताहरु जिवनाथ चौधरी, रामसिंह यादव, डा. सुरेन्द्र यादव, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, माओवादीका नेता दिपक यादव, जसपाका नेता पशुपति यादव सहित विभिन्न राजनितिक दलका जिल्ला अध्यक्षहरुको समेत उपस्थिती थियो ।

छलफलमा बोलेका सबैले आँखा अस्पताल नेपाल रेडक्रसले चलाइरहेको देखिएपनि केहि व्यक्ति र परिवारमा मात्र सिमित रहेको आरोप लगाए । अस्पताल सञ्चालक समितिका पुर्व र वर्तमान कोषाध्यक्ष क्रमश संजय साह र धिरेन्द्र मोहन झाले अस्पतालमा करोडौंको भ्रष्टाचार आँखा अगाडि बिना नियम कानुन भइरहेको भएपनि जनकपुरधामका कोहि पनि नबोल्ने गरेको सम्मको आरोप प्रमाण सहित अभिव्यक्त गरे ।
उनीहरु सबैको आरोप नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष समेत रहेका वर्तमान सञ्चालक समिति अध्यक्ष नरेश प्रसाद सिंह सहित यस अघिका सबै अध्यक्षहरु र मेडिकल डाइरेक्टर डा. आशिष बोहरा उपर थियो । जानकी आँखा अस्पताल पछाडि स्थापना भएको लहान र विराटनगर स्थित अस्पतालमा शिशु, आपतकालिन सहितका विभिन्न विद्याका विशिष्ठकृत सेवाहरु समेत सुरु भइसकेकोमा यस अस्पतालमा मोतियाबिन्दु बाहेकको कुनै पनि सेवा नरहेको पिडित चिकित्सकहरुको आरोप थियो ।
दबाब समुह बनाएर विभिन्न कार्यक्रमको उदघोष
तिनै जना पिडित चिकित्सकहरु आफुहरुलाई विभिन्न प्रलोभन दिएर अन्यत्रको सेवा र जागिरबाट बञ्चित गराएर बोलाई अहिले बदमासी गरिएको आरोप लगाए । अस्पतालमा चिकित्सक नभई समान्य प्राविधिक र कर्मचारीहरुले आँखा जाँच गर्ने गरेको देखि चस्माको सिसा घस्ने सहयोगीले आफनै हिसावले लाखौको औषधी खरिद गरेर बेच्ने गरेको सम्मको आरोप चिकित्सक र कोषाध्यक्षद्वयको थियो ।
बैठकबाट चिकित्सकहरुको मांग सम्बोधन र अस्पताल सुधारका लागि दबाब समुह र विशिष्ठ व्यक्तित्वहरु सम्मिलत सल्लाहकार समिति गठन गरिएको छ । दबाब समुहमा चिकित्सक संघ, विभिन्न युवा क्लवका अध्यक्षहरु, राजनितिक दलका नेताहरु सहभागि छन भन्ने सल्लाहकार समितिमा राम सिंह यादव, डा. सुरेन्द्र यादव, जिवनाथ चौधरी, धिरेन्द्र मोहन झा सहितका सहभागि छन् । दबाब समुहले पिडित चिकित्सकहरुको तलव र पुर्नवहाली तथा अस्पताल प्रमुखको राजिनामा मांग गर्ने भएको छ भने नागरिक समाजको तर्फ बाट रेडक्रसमा सदस्यता विस्तार, रेडक्रस र अस्पतालमा हुने गरेको भ्रष्टाचारको छानविन रेडक्रस तथा अस्पताल सञ्चालनका लागि समाजिक स्तरबाट नयाँ तदर्थ समितिको गठन गर्नुपर्ने मांग अगाडि बढाउने संघ धनुषाका महासचिव तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रामज्ञान यादवले बताए ।
अस्पताल प्रमुखको आफनै तर्क
एता सो विषयमा एसपी खवर संगको कुराकानीमा अस्पताल प्रमुख डा. आशिष बोहराले संक्रमणकालिन अवस्थामा अति आवश्यक परेका बेला तत्कालिन सभापतिले डा. अमित यादवलाई नियुक्त गरेको र त्यपसपछि दबाबमा पटक पटक नियुक्ती नविकरण गरिएकाले अव पनि बोर्डबाटै नविकरण हुने, अन्य दुईजना चिकित्सकको नियुक्ती र तलवका लागि रेडक्रसकै बोर्डबाटै निर्णय हुनुपर्ने र त्यसका लागि आफुहरु पहल गरिरहेको बताए । भ्रष्टाचारका कुरा उठनु पुरानो परिपाटी रहेको बताउदै उनले यो नयाँ विषय नरहेको तर्क गरे ।





