एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ : धनुषाको हँसपुर नगरपालिका वडा नं. ६ टिल्ही स्थित तपसीबाबा कुट्टी र सरोबर छेउमै मृत शरिर व्यवस्थापनका लागि श्मशान घाटमा निर्माणाधिन संरचनाका उपभोक्ता समिति समस्यामा परेको गुनासो गरेका छन् ।
सो क्षेत्रमा शवको अन्तिम संस्कार गर्न समस्या भइरहेको र खास गरि दलित बिपन्नहरुलाई त पिडा नै खेप्नु परिरहेको अवस्था पछि समाजसेवी गंगाराम यादवले आफनो निजि लगानीमा जमिनदार सत्यनारायण सिंह राजपुतबाट छ कठु्ठा जमिन सो श्मशान घाटका लागि किनि दिएर दान गरे । त्यसपछि सरकारी लगानीमै घेराबेराको काम पनि भइसकेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेटमा पुर्वाधार विकास कार्यालय मार्फत सो श्मशानमा घामपानीबाट बच्न पक्की छत सहितको संरचना निर्माणका लागि २० लाख बजेट बिनियोजन गरिएको थियो । अध्यक्ष रामबरण पण्डित कुम्हार र कोषाध्यक्ष कमली देवी महरा नेतृत्वको उपभोक्ता समितिले निर्माण कार्यपनि मापदण्ड अनुसार सबै सम्पन्न गरेपनि मात्र १० लाख भुक्तानी हुँदा उनीहरु मर्कामा परेका छन् ।

श्मशानघाटको काम हामीले ईमान्दारिता पुर्वक ग¥यौं, सबै काम मापदण्ड भन्दा पनि गुणस्तरीय भएको छ, तरपनि आधा बजेट मात्र भुक्तानी भयो, हामि अव कहाँवाट वक्यौता सधाउने ? समितिका अध्यक्ष पण्डितको दुखेसो छ । सुरुमा जस्ता सहितको ठुलो संरचना थियो तर पछि प्राविधिकहरुले पक्की छत ढलान सहितकै १६ मिटर लामो र ४ मिटर चौडाईको संचरना बनाउन दिएको सुझाव अनुसार ढलान समेत सम्पन्न भएर जमिनको माटो मिलाउने काम मात्र वाँकी रहेपनि २० लाख बजेटमा मात्र १० लाख भुक्तानी भएको समितिकी कोषाध्यक्ष महराले सुनाईन ।
मधेशको बिडम्बना काम गर्नेलाई सुपथ बजेट छैन तर कामै नगर्ने वा कमसल गर्नेलाई पुरा बजेट भुक्तानी हुन्छ, उनीहरुले भने, ‘यसरी मधेशको विकास कसरी हुन्छ ?’ ।





