एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १० :
नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफतारी प्रतिसोधपूर्ण रहेको बताएका छन् । सिरोहियाको गिरफतारी बारे बुझन र उनीसंग भेट गर्न जनकपुरधाम आएका निधिले जनकपुरधाम विमानस्थल र जिल्ला प्रहरी कार्यालय धनुषामा बोल्दै प्रतिसोध साध्न हुने गिरफतारी उचित नभएको बताएका छन् ।

https://www.facebook.com/spkhabarnepal/videos/818023473101347

उनको घर अगाडिकै छिमेकी समेत रहेको सिरोहियाका तिन पुस्ता बारे जानकारी गराउदै निधिले जनकपुरधामको आधुनिक विकासमा उनका परिवारले समाजिक अगुवाहरुसंगै निभाएको भुमिकाको जिकिर गर्दै उनको नागरिकता किर्ते नभएको ठोकुवा पनि गरेका छन् । जनकपुरधाम विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका निधि नेपाली कांग्रेस नियोजित गिरफतारीका विरुद्व देश व्यापी आन्दोलन गर्न लागेको बताउदै सडकमा आउन धनुषाका नेता कार्यक्रताहरुलाई अपिल समेत गरेका छन् ।

देशको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तथा संघियताको आन्दोलनमा अग्रनी भुमिका निभएको कान्तिपुर मिडियाले स्वतन्त्र रुपमा समाचार सम्प्रेशन गर्दा त्यो आफु लक्षित भन्दै गृहमन्त्री रवि लामिक्षानले नियोजित रुपमा सिरोहियालाई गिरफतार गर्न लगाएको भन्दै देश भरिमै कांग्रेस आन्दोलनमा जाने निर्णय समेत गरिसकेको छ ।

सिरोहिया नेपालका एक बोनाफाइट सिटिजन रहेको उनले जिकिर गरेका छन् । दुईवटा नागरिकता लिएको प्रकरणमा गृहमन्त्री रवि लामिक्षानेलाई किन पक्राउ गरिएन ? प्रश्न गर्दै उनले प्रतिसोध साध्न पक्राउ गर्नु दुःखद हो । सरकार आफै न्यायधिश हुन नसक्ने भन्दै उनले कान्तिपुरले समाचार लेखेकै निहुँमा पक्राउ गर्नु लोकतन्त्र प्रतिको प्रहार रहेको बताए ।

एक फरक प्रसंगमा उनले बजेट ल्याउनका लागि सदन कसरी सुचारु गर्ने भन्ने विषय सरकारको रहेकाले उनैसंग सोध्न आग्रह गरे । उनले अहिले नेपाली कांग्रेस नै मुखर भएर जनता र सहकारी पिडितको कुरा उठाईरहेको भन्दै कांग्रेसलाई सत्ता संग जोडेर मात्र हेर्न नहुने बताए । सरकार अधिनायकवाद, सत्ता र राज्य कब्जाको नितिमा अगाडि बढेको उनको जिकिर थियो ।