एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष जनकपुरधाम निवासी कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधामका युवाहरु सडकमा ओर्लेका छन् । जनकपुरधामको महाविर चौकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै गृहमन्त्री रवि लामिक्षाने विरुद्व प्रदर्शन गरेका छन् ।

२०६२÷०६३ को जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई लोकतन्त्रमा यसरी नियोजित रुपमा घेराबन्दीमा र्पान खोजिनु नियोजित रहेको युवाहरुको आरोप छ । सो अवसरमा उनीहरुले गृहमन्त्रीको राजिनामाको समेत मांग गरेको छ । स्रोतका अनुसार जनकपुरधाम उद्योग बाणिज्य संघ, माडवाडी सेवा समिति सहितको ब्यानरहरु भोली देखि सडकमा उत्रने तयारी थालेको छ ।

तमलोपाले भन्यो, ‘लोकतन्त्र माथीको खुल्ला आक्रमण’

एता तमलोपा पार्टीले एक प्रेस विज्ञप्ती जारी गर्दै सिरोहिया उपरको घरपकड कुनै व्यक्ति नभएर संस्था र मिडिया प्रतिको प्रहार रहेको भन्दै लोकतन्त्र माथीको खुल्ला आक्रमणको संज्ञा दिएको छ । पार्टी अध्यक्ष वृशेषचन्द्र लालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘घटनाबाट लोकतन्त्र पक्षहरु पाठ सिकेर पुनः एक ढिक्का हुने समय आएको बुझदा हुन्छ ।’