एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :
जानकी प्राकट्य उत्सव जानकी नवमी जनकपुरधाममा विभिन्न कार्यक्रम गरि भब्यताका साथ मनाइदै छ । जानकी मन्दिर र सुन्दर सदन अग्नी कुण्डमा ९ दिवसीय कार्यक्रम आयोजना गरिएको छ भने इस्कन मन्दिरले तिन दिवसीय विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/948924220050392

जनकपुरधामको दुधमत्ती पुल छेउमै अवस्थित ईस्कन परिवारले पत्रकार सम्मेलनको आयोजना गरि जेठ ३ गते कलश शोभायात्रा र सांस्कृतीक कार्यक्रम, ४ गते नवमीका दिन विहान ८ देखि ११ बजे सम्म महाअभिषेश त्यसपछि प्रवचन, कृतन, सांस्कृतीक कार्यक्रम र ५ गते भब्य देशको विभिन्न स्थानबाट आएका साधुहरुको सहभागितामा भब्य जग्गनाथ रथयात्रा निकालिने सचिव रामेश्वरम दासले बताए ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहले ईस्कन जनकपुरधामको विषयमा प्रकाश पारेका थिए । सो अवसरमा ईस्कन जनकपुरधाममा पुरुषभुषण दास, उपाध्यक्ष रमेश साह, सचिव छोटेलाल साह र कोषाध्यक्ष रमेश कुमार साह सहितको उपस्थिती थियो ।