एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ :

प्रदेश सरकारबाट वितरित विकासे योजनाको चिट्ठी बिचौलियालाई दिने गरेको आरोप वडाध्यक्षहरुले लगाउनु भएको छ ।
धनुषा क्षेत्र नम्बर ४ (क) स्थित स्थानीय तहका वडाध्यक्षहरुले पर्यटन मन्त्रालयको योजनाहरुको चिट्ठी सम्बन्धित पर्यटन विकास कार्यालयबाट बिचौलिया लिएर आउने गरेको र मापदण्ड विपरित उपभोक्ता समिति बनाउन दबाव दिइरहेको बताउनु भएको छ ।
जनकपुरधाम वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले पर्यटन विकास कार्यालय धनुषाका प्रमुख बिचौलिया मार्फत चिट्ठी पठाउने गरेको र के कुन आधारमा चिट्ठी पठाएको बारे बुझन आउंदा कार्यालय प्रमुख फरार रहेको आरोप लगाउनु भयो ।
वडाध्यक्षहरु बिचौलिया मार्फत नभई सम्बन्धित वडाका व्यक्ति वा सिधै वडा कार्यालयमा योजनाको चिट्ठी पठाउन माग गर्दै गत दुई सातादेखि पर्यटन विकास कार्यालय धाईरहेका छन् । तर कार्यालय प्रमुख बासुदेव भट्ट सहित कार्यालयका कर्मचारी कार्यालय बन्द गरेर गायब रहेको क्षिरेश्वरनाथ नगरपालिकाका ४ का अर्का वडाध्यक्ष जगदीश यादवले बताए ।
पूर्वाधार विकास कार्यालयका लेखापाल दिलिप झाले वडाध्यक्षहरुको समस्या के हो त्यो आफूलाई जानकारी छैन । तर कार्यालय प्रमुखज्यू केही दिनदेखि कार्यालय नआइरहेको बताउनु भयो ।
बिचौलिया मार्फत चिट्ठी पठाउने गरिएको र कार्यालय प्रमुख कार्यालय बन्द गरी गायब रहेको बारे उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित सचिव सुशिल कुमार साहले त्यस कुरा बारे आफूलाई जानकारी छैन । तर वास्तविकता बारे बुझेर कार्यालय प्रमुख दोषी देखिए कारवाही गर्ने बताउनु भएको छ ।
नियमतः योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीसम्म वडा कार्यालयकै सिफारिसमा हुनुपर्ने हो । भुक्तानीका लागि सिफारि पनि वडाध्यक्षहरुको रोहबरमा अनुगमन भई सम्बन्धित योजनाको हुने यदि त्यस्तो भइरहेको छैन भने बुझेर कारवाही अघि बढायने वडाध्यक्षहरुको आरोप बारे उहाँले भन्नु भयो ।