एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ :
जनकपुरधाममा भोली चैत १६ गते शुक्रवारबाट दोस्रो मेयरकप क्रिकेट प्रतियोगिता आरम्भ हुने भएको छ । जनकपुरधामको बहुप्रतिक्षित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला रजौलमा हुने प्रतियोगिताको समुदघाटन खेलमा धनुषा र सर्लाही आमने सामने हुनेछ ।

समुदघाटन समारोह बिहान दश बजे आयोजना गरि ११ बजे पछि समुदघाटन खेल खेलाइने धनुषा क्रिकेट संघका अध्यक्षका शोभाकान्त पाण्डेले बताए । उनले रंगशालाको प्रचार प्रसारका लागि आयोजना हुन गइरहेको प्रतियोगीताकोे समुदघाटन मधेश प्रदेश प्रमुखले गर्ने बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, धनुषा जिल्ला क्रिकेट संघको संयोजन र नेपाल क्रिकेट संघको सहकार्यमा हुने प्रतियोगितामा मधेशको आठवटै जिल्लाको प्रतिनिधीमुलक टिमहरुको सहभागिता रहने जनाइएको छ । समुह ‘ए’ मा धनुषा, सर्लाही, महोतरी र सिरहा र समुह ‘बि’ मा पर्सा, बारा, रौतहट र सप्तरी रहेको छ ।