एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ मन्त्रीलाई समेटेर पुनः मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् ।
शनिबार पुनगर्ठन गरिएको मन्त्रीपरिषदमा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई शनिबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारी भण्डारीले शपथ ग्रहण गराएकी छन् ।
मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् ।
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए ।