एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. अंकुर साहले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । निमित उपकुलपति समेत रहेका उनले मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सरोजकुमार यादव समक्ष पद तथा गोपनियताको सपथ लिएका छन । सपथ लिए लग्दै उनले प्रतिष्ठानको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन । यस अघि उनी शिक्षाध्यक्ष हुदै प्रथम उपकुलपति डा. रामकेवल साहको निधन भएपछि कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. साहलाई कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गरेको गरेका थिए । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो ।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि १८ असोजमा दरखास्त आह्वान गरेको थियो । जसमा १५ कात्तिकसम्म ९ जनाको दरखास्त परेको थियो । डा. रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अंकुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए । तर, लामो समय देखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन ।

नेपाली कांग्रेसका स्वास्थ्य मन्त्री रहेको बिरेन्द्र सिंहले सरकारबाट हट्नु पर्ने अवस्था आएपछि अन्तिममा उनले गत फागुन २१ गते मुख्यमन्त्री कार्यालयमा उपकुलपतिको लागि क्रमिक रुपमा तीनजनाको नाम सिफारिस गरेका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले उपकुलपति नियुक्तीको विषयमा बाहिर निकै हल्ला आएपछि आफुले निष्पक्षताको आधारमा नै चयन गरेको बताए ।
उनले आउने दिनमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले उपकुलपति नियुक्तीको विषयमा स्वास्थ्य मन्त्री र आफु बिचमा खटपट रहेको कुरामा कुनै सत्यता समेत नरहेको बताउदै समाचारमा उपेन्द्र यादवको सम्धीपनि रहेको कारणले विवाद मन्त्री र आफु बिचमा विवाद रहेको बताउदै यसमा कुनै सत्यता नरहेको बताए । उनले आजको नियुक्तीले यसलाई प्रष्ट पारि दिएको मुख्यमन्त्री यादवले बताए । उनले आउने दिनमा स्टाफ नर्सको पढाईका लागि समेत कलेजहरुको स्थापना गर्ने बताए ।
त्यसैगरि उपकुलपति डा. साहले प्रतिष्ठानसंग आवद्ध रहेको अस्पतालको सुधार आफनो प्राथमितामा रहने बताउदै केही दरबन्दीहरुको समस्याको कारण यस्तो अवस्था आएको बताउदै दरबन्दी सृजना गरेर अस्पतालको सुधारमा भुमिका खेल्ने बताए । उनले गुणस्तीयर स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक अवस्था यसमा सुधार नै आफनो प्राथमितामा रहेन बताए ।


