पुरन रौनियार
जनकपुरधाम, चैत ५ :
गत असोजमा ईजराइलमा उग्रवादी संगठन हमासको आक्रमणमा परि मारिएका दशजना नेपाली विद्यार्थी मध्ये धनुषा सपहीका आनन्द साहको घरमा ईजराइली राजदुत पुग्दा एकदमै कारुणिक दृश्य देखियो । नेपालका लागि ईजराइली राजदुत हनान गोदर आनन्द साहको सानो झुपडीमा पुग्दा उनका आमा भक्कानिए, बुवालाई राजदुत गोदरले अंगालो मात्र मारेनन ‘तपाई अव हाम्रो परिवार हो’ सम्म पनि भने ।

https://www.facebook.com/puran.gupta.94/videos/397860462991796

सडक माध्यमबाट धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. ४ सपही स्थित ईजराइलमा मारिएको २२ वर्षिय आनन्द साहको घर पुगेका ईजराइली राजदुत हनान गोदरले उनको परिवारको पिडा र रोदन देखेर आफुलाई पनि सम्भाल्न सकेन । उनको आँखा पनि रसायो । उनले पालैपालो आनन्दका बुवा, आमा र बहिनी सहितका परिवारजनलाई अँगालो हान्दै आफुलाई सम्भाल्न आग्रह गरे र आफु पनि रोए ।

गत असोज २० गते हमासको आक्रमणमा मारिएका दस जना नेपाली मध्ये धनुषाका आनन्द गरिव परिवारका एकमात्र छोरा थिए । राजदुत गोदर उनको घरमा पुग्दा आनन्दकी आमा खुट्टा पक्रेर मेरो छोरा किन ल्याउन सक्नु भएन भन्दै बिनौला गरिन । आनन्दका बुवा सोमन साहले आफु दस वर्ष कतार खटेर छोरा छोरीहरुलाई पढाइरहेकोमा स्नातक पढिसकेका एकमात्र साहारा छोरा गुमाएको राजदुत गोदरकै काँखामा उनलाई सुनाईरहँदा गोदरपनि आफुलाई सम्हाल्न सकेन । राजदुत गोदरले आनन्द अतिथिको रुपमा ईजराइल पुगेको भएपनि घटना पछि अव आफुहरुको एक परिवार भएको प्रतिक्रिया दिएका छन् ।

उनले आनन्दलाई ईजराइलले आफनै परिवारजन सरह प्रतिममहिना सक्दो सहयोग गरिरहने बताए । राजदुत गोदर आफु ईजराइल जानु अगाडि नेपालमा आनन्द संग भेटेर कुराकानी गर्दा उनलाई एकजना अति उर्जावान समाजिक सपना बोकेको युवाको रुपमा पाएको बताउदै केहि दिन अगाडि ईजराइल स्थित आनन्द बस्ने कोठाको अनुगमन, उनका साथीहरु र उद्दारकर्मीहरु संग भेटघाट गरि आएको समेत बताए ।

उनले ईजराइलमा उद्दारकर्मीहरुले फेलापारेको आनन्दले लगाउने उनको घडी, माला सहितका अन्तिम चिनारी पनि परिवारजनलाई जिम्मा लगाउदै निहत्ता, निर्दोष ति विद्यार्थीहरु माथी भएको निन्दनीय आक्रमण ईजराइलसहित बिश्वको लागि एकदमै दुःखद अपराधिक घटना भएको बताए ।

आनन्दको परिवारलाई एक्लो महशुस नगर्न आग्रह गर्दै उनले नेपाली सरकार र मिडियाले सो घटना विषयमा गरेको हमासको निन्दा र सहयोगका लागि धन्यवाद दिए । आनन्द घटना भएको २७ दिन मात्र अगाडि गत भदौं २५, २६ गते ४९ जना नेपाली युवा विद्यार्थीहरुको समुहमा कृषिमा स्नातकोतर र कमाई गर्नका लागि ईजराइल पुगेका थिए ।