एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ :
मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन तिर्थालुहरु आज जनकपुरधामको हनुमाननगरमा रात्री विश्राम गरिरहेका छन् । धनुषाको कचुरीवाट आजै निक्लेको मिथिला विहारी जीको डोला संगै जनकपुरधाम स्थित सुन्दर सदन अग्नी कुण्डबाट निक्लेको किशोरी जीको डोला हनुमाननगर पुगेर आज राती विश्राम गरेको छ । डोला सहित तिर्थालुहरु भोली बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्ने छ ।

एता पहिलो विश्रामस्थल हनुमान नगरमा लागेको मेला र भिडभाडमा तिर्थालु तथा दर्शनालुहरुको सेवा सुविधाका लागि नेपाल भारत खुल्ला सिमा संवाद समुहले हेल्प डेस्क सञ्चालन गरेको छ । मेलामा सम्पर्क विहिन भएका तिर्थालु र दर्शनालुहरुको परिवारजन तथा ईष्टमित्रहरु संगको पुर्नमिलनका लागि माईकिङ्ग, प्राथमिक स्वास्थ्य उपचार र औषधी, पानी सहितको सुविधा सहित डेस्क सञ्चालन गरिएको समुहका अध्यक्ष राजिव झाले बताए ।

झाले आजको हेल्प डेस्कमा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो सहितका विशिष्ठ व्यक्तिहरुको पनि आगमन भएको बताए । उनले परिक्रमाको विभिन्न विश्राम स्थलमा डेस्क सञ्चालन हुने बताए ।