पुरन रौनियार
जनकपुरधाम, फागुन २० : बाढी, हुरी बतास, आगजनी जस्ता प्राकृतीक विपद मात्र होइन मधेशमा ज्यानमारा भनेर चिनिने अर्को घटना हो पानीमा डुबेर मृत्यु हुनु । चाहे खोलानालामा भइरहेको दोहन र अप्राकृतीक दोहन होस या विभिन्न प्रयोजनका लागि मानव सृजित पोखरी तलाउहरु, मधेशमा निरन्तर यस्ता खाल्डा खुल्डीमा डुबेर प्राय जसो बालबालिकाहरुले ज्यान गुमाउन परिरहेको छ ।
सर्वप्रथम केहि घटनाहरु बारे बुझौं ।
२०८० असोज ६ गते धनुषाको बटेश्वर गाउँपालिकाका ११ वर्षीय धिरजकुमार महतोको विगही खोला किनारको खाल्डोमा डुबेर मृत्यु भयो । २०८० भदौ २९ गते जनकपुरउपमहा नगरपालिकाभित्रै १७ महिने रोहन मुखियाको घरअगाडि नाला निर्माणको क्रममा ढक्कन नलगाएको कारण चेम्बरमा खसेर मृत्यु भयो । २०७८ जेठ २८ गते धनुषाको मुखियापट्टी मुसरनियाँमा निर्माणाधीन पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गयो । २०७४ साउन २१ गते रौतहटमा निर्माण कम्पनीले खनेको खाल्डोमा जमेको पानीमा डुबेरे चार बालबालिकाले ज्यान गुमाए ।
जनकपुरधाममा नेपाल मधेश फाउन्डेशनले आयोजना गरेको एक नीति संवाद कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको माघ महिना सम्म मात्र मधेशमा ८० जनाले ज्यान गुमाई सकेका छन् जस्मा ३९ जना बालबालिकाहरु मात्र छन । २८ त मात्र बालकहरुनै ज्यान गुमाए ।
अव एक पटक मधेश प्रदेश प्रहरीले संकलन गरेको २०७२ देखि २०७८ सम्मको तथ्यांङ्क हेरौं ।

यस छ वर्षमा मधेशमा १० वर्ष मुनिका कुल ४ यस ५ जना र सो उमेर समुह भन्दा माथीको ८ सय ६३ जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । यस्मा ६४ प्रतिशत अर्थात ५ सय ५६ बालबालिकाहरु नै रहेकोमा बालकहरु मात्र ३ सय ४३ जना छन् ।
यो त भयो हामि जस्ता पिछडिएको अशिक्षा, अज्ञानता, गरिवी र विपन्नताले भरिएको मधेश प्रदेशको अवस्था । अव देशको सातवटै प्रदेशमा यस्ता घटना र त्यसमा हुने मानविय क्षतीका बारेमा बुझौं । नेपाल प्रहरी उपलब्ध गराएको विगतको तिन वर्षको तथ्यांङ्क अनुसार देशको सातवटै प्रदेशहरुमा पानीमा डुबेर मानविय क्षती भएको घटना र विवरण यस प्रकार छ ।

माथीको तथ्यांङ्क हेर्दा पानीमा डुबेर सबै भन्दा बढि मानविय क्षती बेर्होने प्रदेशहरुमा समतल मधेश प्रदेश लुम्बनी पछि दोस्रो स्थानमा छ । एति मात्र होइन अति विकसित देशहरु सहितको बिश्व समुदायको अवस्था हेर्दा पनि पानीमा डुबेर मृत्यु हुने घटनाको सवालमा कहाली लाग्दो अवस्था छ । बिश्वमा प्रत्येक वर्ष यस घटनाबाट २ लाख ३५ हजार मानिस आफनो ज्यान गुमाउँछन् ।
हेर्नोस तथ्यांङ्क

नीति संवाद कार्यक्रममा सहभागि वक्ताहरुले कोरोना, महामारी र प्राकृतीक विपदमा संवेदनशिल हुँदा समेत मानविय क्षत्ती नियन्त्रण गर्न धौ धौ पर्ने नेपाल जस्ता अल्पविकसित देशमा यस्ता समस्याहरु प्राथमकितामा पर्न नसक्नु दुःखद रहेको बताए । प्रदेश सांसद रामअशिष यादवले संविधानमा कल्पना गरिएको तिनै तहको सरकार संग सम्बन्धित अनुसुचिहरु प्रति ध्यानाकर्षण गराउदै त्यसमा विपद व्यवस्थापनको जिकिर भएपनि व्यवस्थापनमा तदारुकता नदेखिएको बताए ।

संविधानमा सिडिओको परिकल्पना कतै छैन तर ति सिडिओ केन्द्रिय विपद व्यवस्थापनका सदस्य छन, मधेश सरकारको पनि व्यवस्थापन समिति छ तर उस्को मातहत न त सिडिओ न त स्थानिय तहको समितिनै राखिएको छ, उनले भने, ‘यसरी कसरी व्यवस्थापन र न्युनिकरण हुन्छ ? ।’ अन्य प्रदेश सांसद तथा पुर्व सांसदहरु सहित विभिन्न क्षेत्रका अगुवाहरुले राज्यले अरु त अरु विपद व्यवस्थापनमा समेत तिनै तहको सरकारलाई सहकार्य र समन्वयको ठोस ऐन प्रदान गर्न नसक्नु दुखदायी रहेको बताए ।
समाचारहरुमा सुन्दा समान्य र मानविय त्रुटी लाग्ने यस्ता घटना र त्यसमा भएका मानविय क्षतीका स्वरुप बिस्तारित हुदै जानु नेपाल र मधेशकै लागि संकटमुखी हो । सरकारले यस्ता घटना न्युनिकरण र मानविय रक्षाका लागि ठोस ऐन कानुन यथासिघ्र बनाउन आवश्यक छ ।





