एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :

स्वाधीन मधेस जन अभियान अन्तर्गत हातमा जंजिर बाँधेरमा महिलाहरुले बिरोध प्रदर्शन गरेका छन् । नेपालमा महिला पुरुष, धनी गरिब बिचको भेदभाव कायमै रहेको भन्दै स्वाधीन मधेस जन अभियानमा लागेका महिलाहरुले हातमा जंजिर बाँधेर जनकपुरधाममा बिरोध प्रदर्शन गरेका हुन् ।
नेपालमा महिलाहरुको सहभागिता हरेक क्षेत्रमा बढीरहेको दावीका बिच महिलाहरु अहिले पनि समाजको मूलधारमा आउन नसकेको र अहिले पनि महिलाहरुलाई गुलामीको जंजिरमा राखिएको संकेत गर्दै महिलाहरुले जंजिर बाँधेर बिरोध प्रदर्शन गरेको स्वाधीन मधेस जनअभियानका संगठन प्रमुख अशेश्वर कामतले बताए ।
अभियानले दलित तथा विपन्नहरुको हक अधिकारका लागि आवाज उठाउने बताउँदै उनले समाजको मूलधारमा ल्याउनुका साथै देशको सदनसम्म पहुँच पुर्याउनका लागि आफूहरुले अभियानको शुरुवात गरेको जानकारी दिए । उनले आफूहरुले देशमा आवादीको हिसाबले प्रतिनिधित्व हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
कामतले मुलुकमा स्थानीय सरकारमा दलहरुको उम्मेदवार नभई निर्दलीय उम्मेदवारको व्यवस्था हुनुपर्ने आफूहरुको अडान रहेको बताए ।