एसपी रिपोर्टर
जनकपुरधाम, माघ २६ :
प्रख्यात शास्त्रीय संगीत तथा गीतका साधक गायक तथा संगीतकार गुरुदेव कामतको एकल सांस्कृतीक प्रस्तुती सम्पन्न भएको छ । जनकपुरधाम स्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतीक केन्द्रमा भएको कामतको एकल सुमधुर सांगितीक प्रस्तुतीमा मधेश प्रदेशका प्रदेश प्रमुख सहितका विशिष्ट व्यक्तित्वहरु समेत सुनेर झुमेका थिए ।

https://www.facebook.com/spkhabarnepal/videos/918374249544780

मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा शास्त्रीय गित र संगीतको जर्गेना गर्ने उद्देश्यले भएको सांगीतक साँझ कार्यक्रममा गायक कामतले मैथिली, हिन्दी, भोजपुरी र नेपाली सहितका आफुले गाएका करिव दुई दर्जन गित संगीतहरु आफनै शैलीमा प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कापडिले शास्त्रीय संगीत र गित गाउने मधेश र मिथिलाका एक मात्र गायक कामत वाँकी रहेको बताउदै यसलाई जिवन्त वहाँ पश्चात कस्ले राख्ने भन्ने विषयमा चिन्ताव्यक्त गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि, सदस्य दिनेश यादव सहित मधेश प्रदेशका मुख्य न्यायधिवक्ता, प्रदेश सांसद ललिता विद्रोही, तमलोपाका अध्यक्ष वृशेषचन्द्र लाल, नेता तथा वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंह, जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साह, वरिष्ठ पत्रकार परमेश्वर कापडि, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सिताराम अग्रहरी, जिसस धनुषाका प्रमुख र उपप्रमुख, औषधी व्यवसाय संघ जनकपुरधामका अध्यक्ष प्रमोद अग्रवाल, प्रतिष्ठानका कार्यालय सचिव दानीकान्त झा सहितको उपस्थिती थियो । दर्शक दिर्घा कामतको प्रस्तुतीवाट मंत्रमुग्ध भएका थिए ।