एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : जनकपुरधाममा चौथो जनकपुरधाम साहित्य कला तथा नाटय महोत्सव २०८० बिहीवारवाट प्रारम्भ भएको छ । मैथिली विकास कोषद्वारा आयोजित महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीककृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृतिक केन्द्रमा गरेका छन् ।
भाषा, साहित्य, कला र संस्कृति, रंगमञ्च र समाजको विकास तथा विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको महोत्सवले स्थानीय धार्मिक पर्यटन समेतलाई टेवा पुर्याउने आयोजक मैथिली विकास कोषले जनाएको छ । महोत्सवमा नेपाल र भारतका वरिष्ठ साहित्यकार, भाषाविद्, सामाजिक अभियन्ता, राजनीतिकर्मी, रङ्गकर्मी तथा सुप्रसिद्ध गायक एवम् गायिकासँगै दुवै देशलगायत अन्य राष्ट्रका नाट्य समूहको सहभागिता रहनेछ । महोत्सव माघ २२ गतेसम्म चल्नेछ ।

२०७३ सालबाट आरम्भ भएको महोत्सवको यो चौथो शृंखला हो । महोत्सव सुरु भएयता दुई वर्षको अन्तरालमा आयोजना हुँदैआएको छ । यसअघि स्थानीय सँस्कृति र परम्परा झल्काउमने भव्य तथा आकर्षक झाँकीसहित अभियानीहरूले जनकपुरधामको एतिहाँसिक बाह्रबिघघावाट नगर परिक्रमा गर्दै महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्र पुगेको थियो ।
समुदघाटन सत्रमा पुर्वप्रधानमन्त्री नेपाल सहित जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री महेन्द्र यादव, एमाले सचिव योगेश भट्टराई, तमलोपा अध्यक्ष वृशेषचन्द्र लाल, मधेश सरकारका मन्त्रीहरु, पुर्व मुख्यमन्त्री लालबाबु राउत, बिद्वान डा. राजेन्द्र प्रसाद विमल सहितको उपस्थिती थियो ।
महोत्सवमा २० विभिन्न शिर्षकहरुमा विमर्श गरिनेछ । महोत्सवको पहिलो दिन बिहीबार ‘नव घर उठ्य, पुरान घर ‘.?’ शीर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता योगेश भट्टराई, नेकपा(एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सबिता गौतम र पूर्व राजदूत विजयकान्त लाल कर्ण बहस भएको छ ।

त्यसै गरि आजकै दोस्रो सत्रमा ‘सामाजिक सञ्जाल की जञ्जाल’ विषयमा सञ्चारकर्मी स्नेहा झाको सञ्चालनमा वरिष्ठ साहित्यकार रामभरोस कापडिको बीज भाषणसहित साहित्यकार धर्मेन्द्र विह्वल, राजनीतिक विश्लेषक चन्द्रकिशोर, वरिष्ठ पत्रकार वृजकुमार यादव, सञ्चारकर्मी पार्वता चौधरी र अनलाइन खबरका सम्पादक शिव गाउँले संवाद हुनेछ ।

शुक्रवारको पहिला सत्र ‘जनकपुरधामको गाथा’ रहेको छ । पत्रकार पुरन साहको सञ्चालनमा सो सत्रमा विजभाषण डा. राजेन्द्र प्रसाद विमलको हुनेछ भने हिमांशु चौधरी, श्याम सुन्दर शशी, विरेन्द्र रमण, नित्यानन्द मण्डल, मनिका झा सत्र वक्ताका रुपमा हुनेछ ।





