एसपी रिपोर्टर
जनकपुरधाम, माघ १५ :
तत्कालिन राजा महेन्द्र माथि जनकपुरधाममा बम प्रहार गरेका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६० औं बलिदानी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । जनकपुरधाममा नेपाली कांग्रेसका नेताहरु जटहीमा शहिद दुर्गानन्द झा प्रवेशद्वारमा एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेको छ भने दुर्गानन्द झा स्मारक निर्माण समितिले जनकपुरधाम वडा नं. २३ सोनासती माई स्थान स्थित शहिद झाको स्मारकका एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता प्रवेश चौधरीको संयोजकत्व र नगराईन नगरपालिकाका मेयर विनय कुमार यादवको सभापतित्वमा जटहीमा आयोजित कार्यक्रममा कांग्रेस नेता राम सरोज यादव, स्मृती नारायण चौधरी सहितकाले शहिद झाको विरताको स्मरण गर्दै गणतन्त्रको विजारोपणमा खेलेको भुमिकाको चर्चा परिचर्चा गरे । सो अवसरमा जनकपुरधामका मेयर मनोज कुमार साह, पार्टी धनुषाका सचिव कन्हैयालाल कर्ण, क्षेत्र ३ का सभापति श्याम निधि, महासमिति सदस्य गणेश तिवारी, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रफुल्ल राज धिमिरे, नेताहरु मनोज चौधरी, शंभुनाथ झा लगायतको उपस्थिती थियो ।

साथै सोहि अवसरमा जनकपुरधाम वडा नम्बर २० स्थित पौराणिक चुञ्चवती (नोचा) पोखरीको उत्तरी डिलमा मेयर मनोज कुमार साहको संयोजन तथा अगुवाईमा प्रदेश सांसद राम सरोज यादव, पूर्व साँसद स्मृतिनारायण चौधरी सहित नेता कार्यक्रता सहितको उपस्थितीमा वृक्षारोपण कार्यक्रम गरिएको छ । सोहि अवसरमा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, नेताहरु प्रफुल्ल धिमिरे, प्रवेश चौधरी, नगर सचिव लालबाबु मिश्र, जनपा २० का वडाध्यक्ष, नेका १५ का नगर समितिका सभापति नन्दलाल साह, नेका नगर समितिका कोषाध्यक्ष बिरेन्द्र यादव लगायत दर्जनौंको उपस्थिति रहेको थियोे ।