एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
मधेश प्रदेशका १० महिला पत्रकाहरुले आफैले दृश्यांकन गरि बनाएको विभिन्न परिवेश र सन्दर्भको वृतिचित्रको प्रदर्शन गर्दै छलफल र सुझाव संकलन गरिएको छ । नागरिकता बिनाको ‘अन्हार जिन्दगी’, हाट बजार, छठिहार, बहिना र झिझिया सहितक शिर्षकमा बनाइएको वृतिचित्रमा एक पात्र सहित सो सन्दर्भलाई दर्शाउन खोजिएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/893227168920638

मधेशको विभिन्न जिल्लाको पिछडा बस्तीका पात्रहरुलाई समेटेर शिर्षक सन्दर्भ सहित विभिन्न विकृती र परम्परागत विविधतालाई दर्शाइएको वृतिचित्र हेर्न मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, प्रदेश सांसद रानी शर्मा तिवारी, जनकपुरधामका मेयर मनोज कुमार साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, मानव अधिकारकर्मी, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य गायत्री मिश्र, धनुषा अध्यक्ष मनिका झा, वृतिचित्र निर्माता विकास साह सहितका उपस्थित थिए ।

उनीहरुले वृतिचित्र हेर्नुका साथै त्यस माथी गर्नुपर्ने सुधार र सकारात्मक प्रतिक्रिया दिएका थिए । महिला पत्रकारहरुले पृथक क्षेत्र र कार्यमा देखाएको साहस र तदारुकता प्रशंसनिय रहेको भन्दै वक्ताहरुले महिलाको क्षमता अभिवृद्वि र विकासका लागि दातृनिकायले चालेको कदमको सराहना गरेका थिए ।

वृतिचित्र पत्रकारहरु माधुरी महतो, लक्ष्मी चौधरी, प्रतिभा झा, सुनिता बराल सहितक १० जनाले मिलेर बनाएका हुन । सो अवसरमा हुमन राइटस फिल्मस सेन्टरका विष्णु खत्री, द एशिया फाउन्डेशनका रोशन झा सहितको उपस्थिती थियो ।