राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सव जनकपुरधाममा पनि मनाइयो


एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सव जनकपुरधाममा पनि मनाइएको छ । जनकपुरधाम स्थित बैंकको उत्कृष्ट शाखाको रुपमा चिनिने भानुचौक स्थित शाखाले एक विशेष कार्यक्रमको आयोजना गरि बैंकको ५९ औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकसंग निरन्तर कारोबार गर्दै आएको भन्दै जनकपुरधाम र धनुषा जिल्लाका छ जना व्यवसायी र व्यक्तिहरुलाई कदरपत्र सहित सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा बलराम ज्वेलर्सका सञ्चालक बलराम साह, उत्सव ट्रेडर्सका संजय सिकारिया, दिपु ट्रेडर्सका नन्दलाल साह, जुगेश्वरी देवी कापर, देवेन्द्र प्रसाद साह र राधा कुमारी रहेका छन् । समारोहमा उपस्थित वक्ताहरु जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र उपाध्यक्ष अम्भु प्रसाद साहले सरकारी बैंक भएर पनि राष्ट्रिय बाणिज्य बैंकले मधेशमा अथाह र सर्वाधिक बजचकर्ता पाएपनि कर्जा र लगानी मधेशमा उपयुक्त हुन नसक्नु दुःखद रहेको बताए ।

बैंकका पुर्व कर्मचारीहरु राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवमा खुसी व्यक्त गर्दै ढडरवाट आधुनिक तर्फ पनि उत्कृष्ट बैंकमा लामो लाइन लाग्नु पर्ने र एटिएमले साथ नदिने समस्या रहेको भन्दै सुधार गर्नुपर्ने सुझाव दिए । बैंकका शाखा प्रबन्धक कृष्ण प्रसाद पौडेल र कर्जा विभाग प्रमुख अजय कुमार साहले बैंकको शाखा जनकपुर मात्र नभई जनकपुरधाम गर्न गराउन र बैंकको प्रादेशिक कार्यालय जनकपुरधाममा ल्याउनमा पहलकदमी लिन जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले कर्जाका विषयमा बैंकमा तालाबन्दी गरेर केहि नहुने भन्दै बैंक र वितिय कानुन निर्माता नेता र सांसदहरुलाई घेर्न आवयश्क रहेको बताएका थिए । सो अवसरमा बैंकका कर्मचारी, सुरक्षाकर्मी, व्यवसायीहरु सहितको उपस्थिती थियो ।


