एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ :
युवाहरुको संस्था जनकपुर जेसिज २०२४ को अध्यक्षमा जेसी यातोश कुमार साह निर्वाचित भएका छन् । गत अवेर राती सम्म भएको निर्वाचनमा साह अध्यक्षमा निर्वाचित भएका हुन भने का.का.उपाध्यक्षमा जेसी रजनिश कु.साह त्यसैगरि महिला का.का. उपाध्यक्षमा जेसी कमल कुमारी मण्डल निर्वाचित भएका हुन ।

त्यसैगरि उपाध्यक्षहरुमा जेसी लोकेन्द्र प्रसाद साह, रन्जित पजियार, जेसी मनोहर ठाकुर, जेसी अभिनाश साह निर्वाचित भएका छन् । मनोनित पदाधिकारीहरु मध्ये महासचिवमा जेसी मुकेश साह, कोषाध्यक्षमा जेसी दिपक यादव र कानूनी सल्लाहकारमा जेसी राहुल निधि चयन भएका छन् ।

जनकपुर जेसीजको ४१ औं शाखा अधिवेशन तथा वार्षिक साधारणसभावाट २०२४ को नेतृत्व निश्चित भएको छ । जेसिज भवन कदमचौकमा भएको जनकपुर जेसीजको ४१ औं शाखा अधिवेशन तथा वार्षिक साधारणसभावाट २०२४ सालको लागि मतदान पक्रियावाट निर्वाचित नयाँ नेतृत्व केन्द्रिय महाधिवेशनको आतिथ्यता र आयोजनाको शौभाग्य पाएको छ ।