एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ : जनकपुरधामको जानकी चौक स्थित श्री जानकी युवा कमिटि सहित स्थानिय युवाहरुले प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना गर्ने खिचडी भोजमा यस वर्ष भब्यता देखिएको छ । तराई मधेशमा तिला सकराईत भनेर मनाइने माघ १ का दिन जानकी चौक स्थित अरगज्जा पोखरीको किनारामा प्रत्येक वर्ष आयोजना गरिने खिचडी भोजमा यस वर्ष नेपाली कांग्रेसका पुर्व उपसभापति पुर्व उपप्रधान गृहमन्त्री विमलेन्द्र निधी, प्रतिनिधीसभा सदस्य मनिष झा, जनकपुरधामका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह सहित विभिन्न राजनितिक दलका नेताहरु समेत पुगे ।

नेता निधीले युवाहरुले बाजे पुरखाले बसाएको परम्परा बचाउन खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै जानकी युवा कमिटि र स्थानिय युवा आयोजकलाई धन्यवाद दिए । हेर्नोस भिडियो
नेकपा एमालेका नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारी, नेता शिव शंकर साह हिरा, जानकी राम साह, कांग्रेस नेता मनोज चौधरी, लोसपा महासचिव परमेश्वर साह सहित जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ लगायत विभिन्न क्षेत्रका अगुवाहरु समेत पुगेर खिचडी, घिउ, चटनी, पापड, तिलको लाई, दही सहितका परिकार ग्रहण गरे । चिसोयाममा शरिरमा तापक्रम बढाई न्यायो प्रदान गर्ने बाजे पुरखाले माघ १ गतेका दिन खाने परम्परा बसाएकाले आफुहरु सो परम्परा र संस्कृती बचाउन निरन्तर १२ वर्ष देखि यो भोज गर्दै आएको जानकीचौकका अगुवा शुसिल कर्णले बताए ।

खिचडी, घिउ, पापड र तिलको चटनी सहितका परिकार खानाले जाडोमा शरिर न्यानो रहने भएकाले बाजे पुरखाहरुले चलाएको यो परम्परा आजको मांशहारी युवा जमात भुल्न नहुने भन्दै आफुहरु कार्यक्रम निरन्तर गर्ने गरेको युवा अगुवा तथा खेलाडी विरेन्द्र कर्ण (गुरु) ले बताए ।






