एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : नेपाली कांग्रेसका पुर्व उपसभापति प्रतिनिधीसभा सदस्य विमलेन्द्र निधीले भारतको सिमा संग जोडिएको धनुषाको नगराईन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न पालिकामा निर्माण कार्य अवरुद्व पुलहरुको स्थलगत निरिक्षण अवलोकन गरेका छन् ।
भारत सरकारसंग आधिकारिक रुपमा पहल गरि निर्माणाधिन ति सबै पुलहरुको काम पुनः सुचारु गर्न गराउनका लागि पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधी आइतवार ति दुवै पालिकाका करिव आधा दर्जन निर्माणाधिन पुलहरुको अवलोकन गर्दै नेपाल र भारतका दुवै सम्बन्धित निकाय र स्थानिय संग पुल निर्माण अवरुद्व भएको बारे बुझेका छन् ।

आइतवार बेलुकी निधी नेतृत्वको टिम मुखियापट्टी मुसहरनिया गाँउपालिकाको वडा नं. २ स्थित जमुनी नदीको अखरहैर घाट र सोहि पालिकाको वडा नं. ५ बैरियाटोल स्थित जमुनी नदीको थल्ही घाट स्थित निर्माणाधिन पुलको निरिक्षण गरेका छन् । सो क्रममा नेपाल सरकार पक्षका सम्बन्धित ईन्जिनियर, स्थानिय सर्वसाधारणका साथै भारतीय सुरक्षाकर्मी र स्थानिय संग पनि पुल निर्माण बारे जानकारी लिइएको थियो ।

साथै आइतवारनै नेपालको जटही र भारतको पिपरौन जोडने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तीका लागि भारतिय पक्षबाट भइरहेको अवरोध र नगराईन नगरपालिकाको वडा नं. ६ लगमालाई भारतको लहरनियासंग जोडने झुलुङ्गे पुलको समेत निधी नेतृत्वको टिम अवलोकन गर्दै सबै पक्षवाट यर्थात बुझेका छन् ।

निधीले आफु यर्थात बुझेर मंगलवार देखिनै भारतको सम्बन्धित पक्ष, भारतीय दुतावास र सरकार संग सल्लाह गरि नेपाल सरकारको तर्फवाट आधिकारिक पहलका लागि समन्वय गरि अवरुद्व पुलहरुको निर्माण कार्य सुचारु गर्न गराउनका लागि पहल गर्ने बताए । जटही पुगेका निधीलाई भारत पिपरौनका स्थानियहरुले स्वागत गर्दै यि पुल र परिक्रमा सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
एक भारितय वृद्वले भने, ‘निधी जी हामारा सांसद खाली हिन्दु मुस्लिमके नारा लगानेमे मस्त है, आप सिक्सलेन और बहुत सारे सडक और पुल बनानेका काम किए हैं थोरा बहुत प्रयास करके यिन सारे कामको भि निश्कर्ष लगादिजिए ।’ पुल र सडकको निरिक्षण गर्न निधी त्याहाँ पुगेपछि भारत पिपरौनका स्थानियहरु पनि पुगेका थिए । उनीहरु समेत पुलमा भारत सरकारको हस्तक्षेप हुन नहुने बताए ।

त्यहाँ खटेका एसएसबीका ईन्चार्ज शुनिल दत्तले दशगज्जा क्षेत्रमा कुनै पनि निर्माण कार्य हुन नदिन आफुहरुलाई निर्देशन आएका आफुहरु अवरोध गरेको स्वीकार गर्दै सरकार स्तरवाट पहल भए आफुहरु पनि पुल निर्माणको पक्षमा रहेको त्यसले भारतलाई कुनै असर नगर्ने पनि बताए ।

निधीले दशगज्जामा घर, भवन बन्न नहुने बताउदै पुल बन्दा दुवै देशको स्थानियलाई सहज हुने भएकाले पुलै नबने कसरी आवतजावत हुन्छ प्रश्न गर्दै आफना सम्बन्धित निकायमा सकारात्मक रिर्पोटिङ्ग गर्न भारतिय प्रतिनिधीलाई आग्रह गर्दै वाँकी पक्रियामा आफु अग्रसर हुने बताए । आइतवार स्थलगत निरिक्षण अवलोकन गरेर नेता निधी मंगलवार भारतको विभिन्न शहर पुगेर सम्बन्धित निकायमा यर्थात जानकारी गराउने तयारी समेत गरेका छन् ।
