एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ :
धनुषा निर्माण व्यवसायी संघको नव निर्मित आफनै भवन समुदघाटन गरिएको छ । जनकपुरधामको कदमचौकमा निर्माण भएको नयाँ दुई तल्ले भवनको पुर्व वरिष्ठ निर्माण व्यवसायी तथा समाजसेवी बलराम महतोले समुदघाटन गरेका छन् । संघको १६ औं सधारणसभाको अवसर पारेर शनिवार विहान भवनको समुदघाटन गरिएको हो ।

समाजसेवी महतोले २० लाख सहयोग गरेपछि नयाँ भवन बनेकाले महतोको करकमलवाट समुदघाटन गरिएको संघका पदाधिकारीहरुले बताए । महतोले आफु पनि पुर्व निर्माण व्यवसायी रहेको र साथीहरुको सुख दुःख संग अवगत रहेको बताउदै आफुले सहयोग गरेको भवन बनेर समुदघाटन गर्न पाँउदा खुसी लागेको बताए ।

संघका अध्यक्ष अशोक चौधरीले भवन निर्माणमा विभिन्न संघ संस्था, निर्माण व्यवसायीहरुले सहयोग गरेको बताउदै समाजसेवी महतोको सहयोगले भवन निर्माण कार्य सफल भएको बताए ।