एसपी रिपोर्ट
जनकपुरधाम, पुस २४ : जनकपुर सोशल फोर्सले विभिन्न ४ बुन्दे माग राख्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय विद्यार्थीहरुको भविश्यसंग खेलवाड भईरहेकाले आफूहरु बाध्य भएर विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीसमक्ष विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको फोर्सका रोशन साहले जानकारी दिए ।
जनकपुर सोशल फोर्सले विद्यार्थीहरुलाई यातायातमा ४५ प्रतिशत रकम सहुलियत स्वरुप छुट उपलब्ध गराउन, खाना पकाउने ग्यासमा छुटको व्यवस्था, विद्यालय, क्याम्पस र कलेजहरु द्वारा मनमौजी हिसाबले उठाउने शुल्कको अनुगमन र अस्पतालहरुमा जाँच गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गर्न सहितको माग अगाडी बढाएको छ ।
रोशन साहको नेतृत्वमा जनकपुर सोशन फोर्सका सदस्यहरु अजय पण्डित, दिपेश यादव, चन्दन दास, निराजन चौधरी, देवेन्द्र यादव, धनवीर मण्डल लगायतका फोर्सका पदाधिकारीहरु ज्ञापन पत्र बुझाउन पुगेका थिए ।





