एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : मिथिलानी महिलाहरुको सञ्जाल सखिबहिनपाको अन्तराष्ट्रिय सम्मेलन जनकपुरधाममा सुरु भएको छ । परम्परागत पहिरन, शोभा श्रृङ्गांर, मिथिलाका पहिचान र परम्परा दर्शाउने बाद्यबादन, गित संगीत र नृत्य प्रदर्शनका साथै अगामि कार्यदिशा र योजनाहरु पहिचानका लागि आयोजित सम्मेलन आईतवार पनि चल्ने छ ।
नेपाल भारत सहित विभिन्न देशवाट जनकपुरधाम आएकी मिथिलानीहरु आफनो सांस्कृतीक र मौलिक पहिरनमा एकैठाँउ जम्मा भई सखिबहिनपालाई थप विस्तार, समाजिक गतिविधीमा थप अग्रसरताका साथै आपसी हितका बारेमा छलफल सहित ठोस निति बनाउन सम्मेलन आयोजना गरिएको सखिबहिनपा जनकपुरधामकी भारती चौधरी, पुनम झा र विन्दु ठाकुरले बताईन ।

सो अवसरमा मिथिलामा प्रयोग हुने स्थानिय स्रोत साधनवाट निर्मित सरसमानहरु, मिथिला चित्रकला समाग्रीको स्टल पनि राखिएको छ । समुदघाटन कार्यक्रममा कलाकार अभिनाष झा कलकतियावाली टिमले प्रस्तुत गरेको पमरिया नृत्यमा सम्मेलनमा उपस्थित सभाहल र सहभागी खुबै झुमेका थिए ।
सो अवसरमा वरिष्ठ साहित्यकार तथा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि, वरिष्ठ पत्रकार एवं साहित्यकार हिमांशु चौधरी सहितको पनि उपस्थिती थियो । सो सम्मेलनमा भारतको मधुवनी, दरभंगा, कलकत्ता सहित भारतको विभिन्न क्षेत्रवाट पनि मिथिलानीहरु स परिवार सहभागि भएको बताइएको छ ।





