एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ :
जनकपुरधाममा जारी दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८० मा सेमिफाइनलका चार टिमहरुको निश्कर्ष लागको छ । भोली शुक्रवार हुने दुवै सेमिफाइनलको चार टिमहरु मध्ये पहिलो सेमिफाइनल खेल बिहान मिट स्कुल विरुद्व मदर टेरेसा स्कुल र दिउँसो दोस्रो सेमिफाइनल खेल सिद्दार्थ शिशु सदन विरुद्व एर्रे ईन्टरनेशनल स्कुल बिच हुने छ ।

नवौ दिन विहिवार भएको दुई क्वाटर फाइनल खेलहरुमा क्रमश मदर टेरेसा र एर्रेले जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । विहिवार विहान भएको पहिलो क्वाटर फाइनलमा ओम इन्टरनेशनल स्कुललाई ७८ रनले हराउदै मदर टेरेसा सेमिफानल पुगेको हो भने दिउँसो भएको दोस्रोे क्वाटर फाइनलमा मोर्डन स्कुललाई ४८ रनले हराउदै एर्रे ईन्टरनेशनल सेमिफाइनलमा पुगेको हो ।

निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन एनप्याबसनको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा सुरु भएको प्रतियोगिता आगामी पुस ७ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित निर्माणाधिन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा हुने छ ।