एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २९ :
जनकपुरधामको बाह्रबिघ्घा रंगभुमि मैदानमा अन्नअनाजबाट ११ हजार स्कवायर फिटमा भगवान श्री सीतारामको प्रतिमा निर्माण सम्पन्न भएको छ । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समिति बनाएर करिव कुल २२ लाखको लागत जस्मा ७२ कुन्टल अन्नबाट प्रतिमाहरु निर्माण सम्पन्न भएको छ । प्रतिमामा राजर्षि राजा जनक र गुरु बिश्वामित्रको पनि प्रतिमा बनाइएको छ ।महासेठले आजै राती प्रतिमा समुदघाटन भई भोली देखि दर्शनका लागि खुल्ला गरिनेछ ।

https://www.facebook.com/spkhabarnepal/videos/750548756888138

यस अघि भारतको अयोध्यामा १० हजार स्कवायर फिटमा यस्तै प्रतिमा निर्माण गरिएकोमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको समाचार सञ्चार माध्यमबाट प्रशारण भएपछि जनकपुरधामकी एक किशोरी गुनगनु मिश्रले यस्तो जनकपुरधाममा किन हुन सक्दैन ? भन्दै आफना अभिभावकलाई भनेकी थिईन । उनका अभिभावकले जनकपुरधामका मेयरसंग सो कुरा साझा गरेपछि प्रतिमा निर्माणको प्रक्रिया अगाडि बढेको बताइन्छ ।

पछि गुनगुनले अयोध्यामा प्रतिमा बनाएका भारत मध्यप्रदेशका सतिश गुर्जर नामक कलाकारसंग ईन्सटाग्राममा सम्पर्क गरि प्रतिमा निर्माणका लागि आग्रह गर्दा उनीहरु सहर्ष स्वीकार गरेपछि यो सम्भव भएको महासेठले बताए । प्रतिमा निर्माणमा जनकपुरधामका विभिन्न पेशाकर्मी र त्यसका संगठनहरु, विद्यालय सहित समाजले सहयोग गरेको उनले धन्यवाद दिए ।

शुक्रवार प्रतिमा स्थलमा पत्रकार सम्मेलन गरि जनकपुरधामका मेयर मनोज कुमार साहले प्रतिमा बनेको खुसी व्यक्त गर्दै स्थानिय अगुवाहरुलाई धन्यवाद दिए । उनले जनकपुरधाम र जानकी मन्दिरको प्रचार प्रसार, बिश्वमा विवाह पञ्चमीको पनि प्रचार र ध्यानाकर्षणका लागि प्रयास गरिएको भन्दै सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन गरे ।