एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ : मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार (भोली) पंचम अन्तराष्ट्रिय साहित्य उत्सवको आयोजना हुदैछ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको विशेष उपस्थितीमा हुने उत्सवमा नेपाल, भारत मात्र नभई थाईल्याण्ड, मरिसस, श्रीलंका सहितका देशहरुबाट साहित्यकार र कविहरुको आगमण भइरहेको छ ।
वरिष्ठ पत्रकार प्रेस तथा प्रजातन्त्र सेनानी स्व. राजेश्वर नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजना हुन लागेको पंचम अन्तराष्ट्रिय साहित्य उत्सवमा वृहत साहित्यीक चर्चा परिचर्चा, बहुभाषिक कविता वाचन हुने छ । उपस्थित विज्ञ, साहित्यकार र कविहरु आ आफनो मातृभाषमा कविता र साहित्य प्रस्तुत गर्ने कार्यक्रमको मुख्य उद्देश्य मातृभाषाको उत्थान पनि रहेको कार्यक्रमका सहजकर्ता जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहले बताए ।
नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम तथा शान्तिनिकेतन हिन्दी प्रचार सभ, शान्ति निकेतन पश्चिम बंगाल भारतले आयोजना गर्न लागेको कार्यक्रम नेपाली पत्रकारिताका एतिहाँसिक व्यक्तित्व राजेश्वर नेपालीको स्मरणमा गर्ने भएपछि आफुले सहजकर्ताको भुमिका निर्वाह गरेको प्रथम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा कार्यक्रम लादोबेला स्थित दुधमती तटमा रहेको श्री गोविन्द सेवा समितिमा हुने वडाअध्यक्ष साहले बताए ।



