एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २४ : मंगलवार देखि दोस्रो ईन्टर स्कुल क्रिकेट रनिङ्ग कप २०८० सुरु हुने भएको छ । जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री रामजानकी अन्तराष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा जनकपुरधामका कुल १२ विद्यालयहरुको सहभागिता रहने आयोजक एनप्यावसनले जनाएको छ ।
मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि एनप्याबसनले प्रतियोगीता पुष ७ गते सम्म चल्ने जनाएको छ । एनप्याबसनका धनुषा अध्यक्ष तथा क्रिकेट अम्पायर समेत रहेका आशिष झाले भने, ‘पुष १ गते विवाह पञ्चमीको एक दिन बाहेक सबै दिन खेल हुनेछ ।’ २० ओभरको सो प्रतियोगिता ठोस ड्युज बलले खेलाइने छ ।
एनप्याबसनमा आवद्व एक दर्जन विद्यालयहरुको १२ टिमहरु सहभागि हुने प्रतियोगितामा धनुषाका अन्य ग्रामिण विद्यालयहरुलाई समेत आमन्त्रण गरिएको भएपनि तत्काल जनकपुरधामकै सबै सुनिश्चित भएको बताइएको छ ।
विजेता टिमहरुले ट्रफी, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ साथै स्पोन्सर भेटेको खण्डमा म्यान अफ दी म्याच, छक्का, चौका र म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर सहितकालाई पुरस्कार राशाी घोषणा गरिने समेत बताइएको छ । प्रतियोगिताबाट ४० जना खेलाडी छनौट गरि प्रशिक्षण दिइने र ति मध्ये १५ जनालाई छात्रवृतीका लागि हिसानसंग कुराकानी भइरहेको झाले बताए ।





