केपि ओली कप जितेका मधेश क्रिकेट टिमलाई मधेश सरकारको बधाई, पाँच लाख इनाम


एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २० : एक से एक राष्ट्रिय टोलीका खेलाडीहरु सहभागि आर्मी क्लवलाई पराजित गर्दै पोखरामा सम्पन्न केपि ओली कप जितेको मधेश प्रदेशका टिमलाई मधेश सरकारले स्वागत तथा सम्मान गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवको निवासमा एक कार्यक्रमको आयोजना गरि टोलीमा सहभागि खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्दै मुख्यमन्त्री यादवले पाँच लाख पुरस्कार दिने घोषणा समेत गरेका छन् ।
उनले आफु खेल क्षेत्रको विकासका लागि गम्भिर रहेको भन्दै मुख्यमन्त्रीको रुपमा सपथ लिने वितिकै राखेपको कार्यालय पुगेर जनकपुरधाममा प्रस्तावित अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि पहलकदमी लिएको बताए । उनले मधेशको आठै जिल्लामा कम्तिमा एक खेल मैदानका लागि मधेश सरकार प्रतिवद्व रहेको बताए ।

क्रिकेट एशोसिएसन नेपाल क्यानका कोषाध्यक्ष रोशन सिंहले अरु अरु प्रदेश खेल र क्रिकेट क्षेत्रको विकासका लागि तत्पर देखिएपनि मधेशमा त्यो वातावरण नदेखिएको आरोप लगाउदै प्रचुर सम्भावना भएर पनि मधेश पछाडि पर्नु गलत रहेको बताए ।
उनले खेलाडीहरुलाई कन्ट्रयाक्टको आधारमा भएपनि खेल प्रति लगाव र झुकावका लागि मधेश सरकार गम्भिर हुनपर्ने बताउदै समतल मधेशमा क्रिकेटको उज्जवल सम्भावना रहेको बताए । क्यान धनुषाका आकाश पाण्डेले जनकपुरधाममा रंगशाला निर्माणका लागि अभियान थाल्न मधेश सरकारलाई आग्रह गरे । सो अवसरमा प्रदेश सांसद रामअशिष यादव, मधेश सरकार मुख्य न्याधिवक्ता सहितका उपस्थिती थियो ।
