एसपी रिपोर्टर

जनकपुरधाम, मंसिर ६ :

कर सप्ताहको अवसर पारेर उद्योगी व्यवसायीहरुसंग अन्तरकृया गरिएको छ । कर बुझाउनु मुलुकको विकासका लागि अपरिहार्य रहेको जानकारी गराउनका लागि आयोजना गरिएको अन्तरकृया कार्यक्रममा उद्योगी व्यवसायीहरुले आफ्नो गुनासो समेत पोखेका थिए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले अनुगमनको नाममा पछिल्लो समय व्यवसायीहरुलाई परेशान गर्ने काम मात्रै हुँदै आईरहेको गुनासो गरेका थिए ।

यसका साथै जनकपुरधामको व्यवसाय नै धाराशायी हुँदै गईरहेको अवस्थामा अनुगमनको नाममा गरिने आतंकले व्यवसायीहरु जनकपुरधामबाट पलायन हुने क्रम बढिरहेको गुनासो व्यवसायीहरुको थियो । यसका साथै यहाँको व्यवसायलाई जोगाउन यहाँको पर्यटन व्यवसायलाई जोगाउन तर्फ ध्यान दिनु आवश्यक रहेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनले जनकपुरको व्यवसायलाई पर्यटन क्षेत्रले मात्रै जोगाउन सक्ने बताए ।

अन्तरकृया कार्यक्रममा व्यवसायीहरुले उठाएका जिज्ञासा तथा गुनासाहरुको जवाफ जनकपुरधामस्थित कर कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले दिएका थिए ।