एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १४ :
वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले परिषद भित्रको क्रोनिक (गलत प्रवृति) शुद्विकरण गर्न सकिए पनि आफु सफल भएको महसुश गर्ने बताएका छन् । परिषद जस्तो पावरफुल संस्थालाई आफनो व्यक्ति स्वार्थका लागि प्रस्तुत गर्ने र काम गर्न नपर्ने लोभमा सबै कर्मचारीलाई एक गरेर परिषदलाई धारासयी बनाइरहेको समुह अव आफु विरुद्व लागि परेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघका पुर्व केन्द्रिय कोषाध्यक्ष समेत रहेका साहले भने, ‘जो संग कुरा मिलेन उसै विरुद्व जाइलाग्ने जितेन्द्र कुमार यादव सहितका केहिमात्र कर्मचारीहरुले वृहतरलाई आफु अनुकुल प्रयोग गर्दा आज यो अवस्था छ ।’

https://www.facebook.com/spkhabarnepal/videos/195471170257553

साहले आफु अध्यक्षमा आएपछि तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर संगको असन्तुष्टिका कारण ठाकुर विरुद्वका असंख्यक प्रमाणहरु आफुलाई ह्वाट्सएप गरेका यादव आफु त्यसको छानविनमा जानै लाग्दा रोक्न खोजेको र आफु अगाडि बढ्न खोजेपछि आफु विरुद्व नै अहिले लागेको बताए ।

म संग अझै प्रमाण छ, प्रशासन प्रमुख यादवले नै सबै सुचना मलाई दिएको हो, पछि मलाई यसमा अगाडि नबढनोस भन्न आयो, मैले गलतलाई उजागर गर्नै पर्छ भनेपछि श्रृङखलावद्व रुपमा आफु विरुद्व यादवले सबै कर्मचारीलाई उतारेको उनले थपे । उनले कर्मचारीहरुले लगाएको विभिन्न १० बुँदे आरोपको एक एक गरि १० बुँदामै खण्डन गर्दै प्रमाणका साथ आफुलाई दोषि सावित गर्न चुनौती पनि दिएका छन् ।

हेर्नोस अध्यक्ष साहको प्रेस विज्ञप्ती