एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ६ :
जनकपुरधामको मुख्यशक्तिपिठ माँ राजदेवी मन्दिरमा २०७१ साल पछिकै अध्यताधिक १५ हजार २ सय ५१ बोकाबली प्रदान भएको छ । राती ८ बजेर २० मिनेटमा आरम्भ भएको बोकाबलीको कार्यक्रम विहान ४ बजेर ५ मिनेट सम्म चलेको श्री महाविर युवा कमिटिले जनाएको छ ।

राजर्षि राजा जनकको कुलदेवीको रुपमा प्रसिद्व माँ राजदेवी मन्दिरमा बोकाबली दिनेको संख्यामा वृद्वि हुदै भएको छ । अथाह आस्थाको केन्द्र मन्दिरमा २०७१ सालमा अहिले सम्मकै सर्वाधिक १५ हजार ४ सय ६१ बोकाबली प्रदान भएको रेकर्डमा उल्लेख छ ।

गत २०७९ सालको विजयादशमीमा १४ हजार ९ सय ४१ बोकाबली प्रदान गरिएको थियो । यस्तो छ वर्ष अनुुसार बोकाबली प्रदान गरिएको तथ्याङ्क :

(२०६५ – ११,१३४ )
(२०६६ – १३७९० )
(२०६७ – १३५५२)
(२०६८ – १२,५६१)
(२०६९ – १४,७५४)
(२०७० – १४,७२१)
(२०७१ – १५,४६१)
(२०७२ – १३,८०१)
(२०७३ – १४,६१७)
(२०७४ – १२,४४७)
(२०७५ – १४,९९७)
(२०७६– १४, ६३३)
(२०७७ – ८८६६)
(२०७८ – १४,२४१)
(२०७९ – १४,९४१)
(२०८० – १५२५१)