एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ४ :
धनुषाको सबैलामा दशमीमा लाग्ने दुर्गा मेलाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने कब्बडी प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । मेला समितिमा समेत पदाधिकारी रहेका क्लवका अध्यक्ष नथुनी यादवको अगुवाईमा यस वर्ष पनि जिल्ला स्तरीय कब्बडी प्रतियोगिताको आयोजना गरिएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/1520023672170832

शनिवार नेपाल सरकारकी संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले प्रतियोगिताको समुद्घाटन गरिन । मन्त्री साहले खेलकुदको क्षेत्रमा क्लवले दिदै आएको योगदान र निरन्तरताको प्रशंसा गरिन । उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन । आज मलाई प्रमुख अतिथि बनाएर बोलाउनु भयो उनले भनिन, ‘मलाई खुसी छ, महिलाले लगाएको गुण आज तपाईहरु चुक्ता गर्दै हुनुहुन्छ ।’

सवैलाका मेयर कारीराम यादवले दशैंमा भएपनि खेलकुदका खुवै गतिविधी हुने सबैलामा सबै खेल मैदान व्यक्तिको नाममा दर्ता हुन थालेको भन्दै अव कहाँ खेल्ने ? प्रश्न गरे । उनले दशमीमा यस अघि ठिल्ला स्कुलमा हुने क्रिकेट, मेलामा हुने पहलमानी र कब्बडीका खेल मैदानहरुमा व्यक्तिले घर बनाएको भन्दै खेल मैदानको अभाव भएको बताए ।

क्लवका अध्यक्ष यादवले यस अघिका वर्षहरुमा सबैला मात्र नभई, शहिदनगरका साथै बाहिरका व्यापारी र स्थानिय सरकारले समेत प्रतियोगिताको आयोजनामा सहयोग गरेको स्मरण गराउँदै खेलकुदमा लगानी गर्न मेयर यादवलाई आग्रह गरेका थिए ।

सो अवसरमा विभिन्न पार्टीका स्थानिय र जिल्ला प्रतिनिधीहरु, सबैलाकी उपप्रमुख सहितको उपस्थिती थियो ।