एसपी रिपोर्टर
जनकपुरधाम, असोज १८ :
मधेश र थरुहटमा प्राथमिकताका साथ मनाइने जितिया पर्वको अवसरमा शुक्रवार निजि विद्यालयहरुमा विदाको घोषणा गरिएको छ । निजि विद्यालयहरुको संगठन प्यावसन र एनप्यावसनका जनकपुरधाम नगर समितिका अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै जितियाको अवसरमा शुक्रवार बिद्यालय बन्द गरिने जानकारी गराएका हुन ।

प्यावसन र एनप्यावसनका जनकपुरधाम अध्यक्षदद्व क्रमश रविन्द्र चौधरी र दिपक कुमार ठाकुरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा असोज १९ गते शुक्रवार संस्थागत सबै विद्यालय बन्द रहने जानकारी गराइएको छ । एनप्यावसनका जनकपुरधाम अध्यक्ष ठाकुरले भने, ‘नारीहरु कठोर उपवास बस्ने जितिया पर्वको अवसरमा हामिले समाजिक भावना अनुसार विदाको निर्णय गरेका हौं ।’