एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ : नेपाल प्रेस युनियनको मधेश प्रदेश भेला असोज २६ र २७ गते सर्लाहीमा हुने भएको छ । जनकपुरधाममा बुधवार बसेको युनियनको मधेश प्रदेश समितिको बैठकले सो निर्णय गरेको महासचिव अजय कुमार साहले बताए । साथै बैठकले युनियनको मधेश प्रदेश स्तरीय सल्लाहकार समिति गठन पनि गठन गरेको छ ।
सल्लाहकार समितिमा धनुषाबाट शैलेन्द्र झा, रिंकु मिश्र गायत्री, पर्साका किशोर सिंह, बारबाट सिकेन्द्र पासवान र सर्लाहीका कृष्ण कुमार एकमाईली रहेका छन् । त्यसै गरि बैठकबाट सचिवालयको समेत गठन गरिएको छ । जस्मा युनियनका मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, उपाध्यक्ष, धिरेन्द्र साह महासचिव अजय साह र कोषाध्यक्ष उदय दास थारु छन भने सदस्यहरुमा विजय साह, संजिव मिश्र र पुस्तिका केसी रहेका छन् ।

बैठकले मधेश प्रदेशको सिरहा जिल्ला अधिवेशन अझै वाँकी रहेकाले अविलम्व गर्न/गराउन निर्देशन समेत दिएको महासचिव साहले बताए । सो अवसरमा मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री समिम अन्सारी, युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण तथा केन्द्रिय सचिव अजित तिवारीलाई मधेश समितिले सम्मान गरेको थियो ।
सो अवसरमा युनियन मधेशका उपाध्यक्ष धिरेन्द्र साह, धनुषा र सर्लाही अध्यक्ष क्रमश राजन सिंह र कृष्ण थपलिया, युनियनका नेता शैलेन्द्र झा, रिंकु मिश्र गायत्री सहितको उपस्थिती थियो ।





