एसपी रिपोर्टर
जनकपुरधाम, असोज १७ :
जनकपुरधाममा गौ हत्या विरुद्वको शान्तिपुर्ण प्रदर्शनमा सहभागी भएका धरानका साधु आयार्य श्रीनिवासलाई पक्राउ गरेको विरोधमा जनकपुरधामका साधुसन्तहरुले आन्दोलन गर्ने भएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि साधुहरुको संस्था श्री रामानन्दिय बैष्णव संघले विहिवार दिउँसो तिन बजे विरोध रयाली र सभाको आयोजना गर्ने घोषणा गरेको छ भने साधु श्रीनिवासलाई यथासिघ्र बिना सर्त रिहा गर्न नभए जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी संघका अध्यक्ष जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले बताएका छन् ।

दासले माता सरह पुज्य तथा जिवनको पालन पोषणमा पनि जन्मदिने आमा सरहनै अमृत दुद्य प्रदान गर्ने गौ माताको हत्या विरुद्व आफुहरु कुनै पनि हद सम्म जान सक्ने चेतावनी दिएका छन् । उनले आचार्य श्रीनिवासले आमाको हत्या विरुद्व खुकुरी मात्र देखाएको कसैको हत्या नगरेको बताउदै तुरन्त रिहा गर्न मांग गरे ।

विहिवार तिन बजे बाह्रबिघ्घा रंगभुमि मैदान अगाडिको तुलसी स्मारक मन्दिरबाट विरोध रयाली निकालिने जनाइएको छ । उनीहरुले श्रीनिवासको रिहाईका लागि नारावाजी समेत गरेका छन् । सो अवसरमा जनकपुरधामका विभिन्न मठ मन्दिरका साधुसन्त, महन्तहरु सहित हिन्दु युवा अभियानी विभिन्न दलका युवाहरुको समेत उपस्थिती थियो ।

https://www.facebook.com/watch/?v=657441382833917

गत असोज १२ गते गौ हत्या विरुद्व बिश्व हिन्दु परिषदले निकालेको विरोध रयालीलाई रामचौकमा सम्बोधन गर्दै श्रीनिवासले हातमा खुकुरी देखाउदै गौ हत्या गर्नेको टाउको काटेर ल्याउनेको पुरा परिवारलाई आफुले दश वर्ष सम्म पालनपोषण गर्ने सहितका भडकाउ भाषण गरेपछि उनलाई मंगलवार साँझ प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । उनलाई आज जनकपुरधाम ल्याउने तयारी प्रहरीको छ ।