हिजो ईन्द्रदेवलाई मेयर साहले भनेका थिए, ‘किया रुसल छि ? वर्षा दियौं’ (भिडियो)


एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : कस्तो संजोग, जनकपुरधामको मिल्स एरिया स्थित प्रत्येक वर्ष लाग्ने ईन्द्र पुजा मेलाको समुदघाटन गर्दै विहिवार साँझ जनकपुरधामका प्रमुख मनोज कुमार साहले भगवान ईन्द्र भगवान संग वर्षा मागे । उनले पटक पटक भनेका थिए, ‘ईन्द्रदेवसँ आग्रह अछि, जे हमरा लोकिनके विशेष आ थप पुजा देव परत त हमसभ देव मुदा वर्षात क दियौ भगवान, किया रुसल छि ? ।’
संजोग नै भन्नु पर्छ शुक्रवार एकाएक मौसम बदली भई दिनभर सिमसिम पानी परेको छ । करिव २० मिनेट बोलेका मेयर साहले अधिकांश समय गर्मी र खडेरीका कारण समस्या भएको भन्दै देवताका राजा ईन्द्रसंग पानी मागेका थिए । उनको सो तर्कमा ताली पनि बजेको थियो । शुक्रवारको विहानी एकदमै गर्मी र चर्को घाम भएपनि ११ बजे पछि मौसममा बदली भई दिन भर सिमसिमे पानीले वातावरण चिसो भएको छ ।
सुन्नोस भिडियोमा
वर्षा भन्दा अगाडि आएको हुरी बतासले मिल्स एरिया स्थित ईन्द्रपुजाको मुर्तीका लागि बनाइएको पण्डाल ढल्दा मेला प्रभावित भएको छ । मुर्तीमा भने कुनै असर नपरेको मेला समितिले जनाएको छ ।
