एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : जनकपुरधामको मिल्स एरियामा प्रत्येक वर्ष जस्तै देवराज भगवान ईन्द्रको पुजापाठ र मेला आयोजना गरि ईन्द्र पुजा मनाइदै छ । स्थानिय श्री ईन्द्र पुजा समिति मिल्स एरियाको आयोजनामा प्रत्येक वर्ष लाग्ने ईन्द्र पुजा यस वर्ष समितिको आफनै निर्मित नयाँ भवनमा मनाईदै छ । समितिले शुक्रवार एक विशेष समारोहको आयोजना गरि समितिकोे भवन र ईन्द्रपुजा तथा मेलाको समुदघाटन गरेको छ ।
एक विशेष समारोहका बिच जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले ईन्द्रपुजाको समुदघाटन गरे भने धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षकले हनुमान जीको ध्वजाको पुजापाठ र धनुषाका प्रमुख जिल्ला अधिकारीले मेलाको समुदघाटन गरेका छन् ।

समुदघाटन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले रेल्वेमा लाग्दै आएको तरकारीको खुद्रा बजारलाई समितिको अगाडि भर्खरै छुटयाइएको १२ कठ्ठा जग्गामा व्यवस्थित गर्न लागेको बताएका छन् । उनले वरिष्ठ पत्रकार तथा समितिका सल्लाहकार मनोज साह क्रान्तिकारीको अथक मेहनत र सक्रियताले समितिले आफनै जग्गामा भवन र मेला तथा बजारका लागि पनि उचित जग्गा व्यवस्थापन गर्न सकेको बताए । सम्बोधनका क्रममा उनले वर्षाका लागि भगवान ईन्द्र संग प्रार्थना समेत गरेका थिए ।

समितिका सल्लाहकार तथा अगुवा वरिष्ठ पत्रकार मनोज कुमार साह क्रान्तिकारीले समितिले आफनै नयाँ भवनमा यस वर्ष देखि ईन्द्रपुजा गर्न थालेकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने समाज, प्रहरी प्रशासन, स्थानिय तथा केन्द्रिय सरकार सहित सबैमा धन्यवाद ज्ञापन गरे । समितिको जग्गा सुरक्षित छुट्याउनमा समितिलाई चौतर्फी सहयोग भएको भन्दै उनले खुसी व्यक्त गरे ।

सो अवसरमा समितिका अध्यक्ष किशोरी साह, जगदिश महासेठ, रमाशंकर साह, लालबाबु साह सहितका पदाधिकारी सदस्यहरु सहित स्थानिय अगुवाहरुको उपस्थिती थियो ।






