एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशको आफनै नयाँ भवन बन्ने भएको छ । अध्यक्ष गौरी पण्डितको पहलकदमीमा मधेशको राजधानी जनकपुरधाममा एशोसिएसनको प्रादेशिक कार्यालयका लागि जग्गा किन्ने पक्रिया औपचारिक रुपमै सुरु भएको छ ।

जग्गा खरिद गर्न केहि दिन अगाडि देखि एशोसिएसनका पदाधिकारीहरुले समाजिक सञ्जालमा सहयोगका लागि अपिल जारी गरेको भएपनि शनिवार केन्द्रिय अध्यक्ष, महासचिव सहितको उपस्थितीमा जग्गा खरिद प्रक्रियाका लागि समितिनै गठन भएको छ । अध्यक्ष पण्डितकै नेतृत्वमा जग्गा खरिदका लागि आठ सदस्सीय समितिनै बनेको छ । अध्यक्ष पण्डितको संयोकत्वमा रहेको समितिमा हरेक राजनितिक दल आवद्व ईन्जिनियर्स संगठनहरुको प्रतिनिधीहरु सदस्य छन् ।

साथै केन्द्रिय अध्यक्ष ई.डा. हरिबहादुर दर्लामी र महासचिव ई.रवि भुषण झा, उपमहासचिव ई. सरोज धिताल सहितका केन्द्रिय पदाधिकारीहरु र हरेक राजनितिक दलका संगठनहरुको सहित शनिवार जनकपुरधाममा भएको वृहत वैठकबाट एशोसिएसनको मधेश प्रदेश कार्यालयका लागि जग्गा खरिदका लागि समितिका साथै मधेश प्रदेशको ईन्जिनियरहरुको डाटा अधावधिक गर्नका लागि कर्मचारी नियुक्त गरे वाँकी काम सिघ्र निश्कर्ष लगाइने निर्णय समेत भएको अध्यक्ष पण्डितले बताए ।

साथै सबै राजनितिक दल आवद्व ईन्जिजियर्सहरुको संगठनका नेतृत्वले समेत भवन निर्माणमा सहयोग गर्ने लिखित प्रतिवद्वता गर्दा आफु हर्षित भएको उनले सुनाए । सो अवसरमा केन्द्रिय सदस्य ई. संजय कुमार यादव, मधेश समितिका सचिव ई. राम नारायण यादव, सहसचिव राम ईश्वर यादव सहितको उपस्थिती थियो ।