एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
नेपाली कांग्रेसका पुर्व उपसभापती विमलेन्द्र निधीले संघियता बचाउन र संघिय कानुन कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्व नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा सपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पुर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधीले भने, ‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानुन अनुसारको अधिकारका लागि अग्रसर दैखिदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ ।’

उनले एकासमय मधेश माने कांग्रेस र कांग्रेस माने मधेश बुझिए जस्तै पुन: सोहि नारा र माहोल बनाउन जुटनुपर्ने आवश्यकता रहेको बताए । जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु ह्ुनुपर्ने बताउदै उनले महाविर युवा कमिटि जस्ता यहाँका युवाहरुले समाजिक गतिविधी बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजी गरि सम्मान गर्नुपर्ने बताए ।

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेश विक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्सीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका थिए भने कमिटिका पुर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराएका थिए ।