एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३२: अर्थ मन्त्री डा प्रकाश शरण महतले एमालेले अनाहक बखेडा झिकेर सन्सदलाई प्रभावबिहिन बनाउने काम गरिरहेको टिप्पणी गरेका छन ।
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काङ्ग्रेसका प्रवक्ता समेत रहेका मन्त्री डा महतले प्रतिपक्षीले पनि संसद गतिहिन बनाउने अधिकार् नपाउने बताएका छन ।
संघीयता, संघीय कानुन, संसद र कार्यपालिका चुस्त बनाएर प्राप्त उप्लब्धी बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले बखेडा छोडेर प्रक्रियामा आउन एमालेलाई आग्रह गरेका छन ।
मन्त्री डा महतले आर्थिक श्रोतहरु उपलब्ध र प्रयाप्त नजुटेकालेनै मधेस सहितका लक्षित भुगोल र क्षेत्रका लागि प्रयाप्त बजेट विनियोजन गर्न नसकिएको बताए ।
आर्थिक स्रोत प्रयाप्तताको अभावमा यसपालि सबैका लागि चित बुझ्दो बजेट हुन नसकेको स्वीकार गरेका उनले बिभेदको रुपमा नलिन आग्रह गरेका छन् । सिरहामा पार्टीको जिल्ला सम्मेलनमा भाग लिन आएका अर्थमन्त्री डा महत जानकी मन्दिरमा पुजापाठ र दर्शन गरेका छन् ।





