एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
मिटरब्याज विरुद्वको संर्घष समितिको सम्पर्क कार्यालय जनकपुरधाममा सञ्चालनमा आएको छ । जनकपुरधामको जिल्ला प्रशासन कार्यालय छेउको मण्डल कुट्टीमा निर्माणाधिन नयाँ भवनमा एक कार्यक्रमको आयोजना गरि कार्यालय समुदघाटन गरिएको छ ।

समितिको धनुषा संयोजक राजाराम यादवको अगुवाई र प्रदेश संयोजक पुरुषोतम यादवको विशेष उपस्थितीमा भएको कार्यक्रममा बिच कार्यालय समुदघाटन गरिएको छ । कार्यक्रममा वक्ताहरुले मिटिर ब्याज पिडितहरुको हकमा आएको ऐन कार्यान्वयनका लागि जिल्ला जिल्लामा दबाब मुलक कार्यक्रमहरुको आयोजना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा समितिका सचिव दिपनारायण यादव, मुकुन्द दाहाल, जयलाल शेष सहितका पिडितहरुको उपस्थिती थियो ।