एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
युवाहरुमा चर्चित जनकपुरधामको श्री महावीर युवा कमिटीको अध्यक्षमा अजय कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता तेस्रो पटक अध्यक्षमा उम्मेदवारी दिदै यसपालि जित निकाल्न सफल भएका हुन ।

शनिबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २ सय ५९ मत ल्याउँदै गुप्ता अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दीपनारायण प्रसाद साहले मात्र ९५ मत ल्याउन सके । यस अघि महासचिव सहित विभिन्न समिति र उपसमितिको संयोजक भएर कुशलता पुर्वक काम गरेका गुप्ता लगातार तेस्रो पटक अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । यस अघिको निर्वाचनहरुमा उनी असफल भएका थिए ।

त्यसैगरि कमिटिको महासचिव पदमा चन्दन नागवंशी १ सय ३९ मत ल्याउँदै विजयी भएका हुन् । उनका निटकतम प्रतिद्वन्द्वी भरत कुमार साहले १ सय २७ मत ल्याए । सचिव पदमा आनन्द प्रसाद साहलाई पराजित गर्दै आशुतोष कुमार साह विजयी भएका हुन् । आशुतोषले २ सय २४ मत ल्याए भने आनन्दले १ सय ३२ मत ल्याए । कोषाध्यक्षमा चन्दनराज शर्मा १ सय ८८ मत ल्याउँदै विजयी भए ।

यस अघि उपाध्यक्ष पदमा सरोजकुमार चौधरी निर्विरोध निर्वाचित भएका थिए भने सदस्यहरुमा देवेन्द्रकुमार साह, शशिकुमार साह, अजयकुमार साह, दीपककुमार साह, संतोषकुमार शर्मा र अभिशेक राय र्निविरोध निर्वाचित भईसकेका छन् । शनिवार भएकाृे निर्वाचनमा कुल ४ सय २९ मतदाता मध्ये ३ सय ५८ जनाले मतदान गरेका थिए ।

निर्वाचित सबैलाई श्री राम युवा कमिटिले स्वागत तथा सम्मान गरेको थियो ।