पुरन रौनियार
जनकपुरधाम, असार २९ : आधुनिक शिक्षाका लागि भन्दै नेपाल सरकारले जनकपुरधाममा राजर्षिजनक बिश्वविद्यालयको स्थापना गरयो तर यहाँ पढाई हुुनु भन्दा पनि दैनिक आन्दोलन, तालाबन्दी र यहाँ सम्म कि कुटाकुट समेत भयो, पदाधिकारी विहिन विश्वविद्यालयमा हाल रहेका करिव पाँच सय विद्यार्थीको दैनिकी पढनु भन्दा पनि आन्दोलन गर्नमा व्यस्त देखिएपनि सहउपकुलपती समेत रहेको मुख्यमन्त्री र मधेश सरकार मुखदर्शक बनेको छ ।
आधुनिक शिक्षाका लागि थप एक विकल्प हुने उद्देश्यले सरकारले २०७४ सालमा जनकपुरधाममा प्राचिन मिथिलाका राजा राजर्षिजनकको नाममा बिश्वविद्यालयको स्थापना गरयो । २०७४ साल आशिन २६ गते तत्कालीन व्यवस्थापिका संसद्बाट यो विश्व विद्यालय सम्बन्धी विधेयक पारित भएपछि मधेशमा पहिलो विश्वविद्यालयके रुपमा यस्को स्थापना भयो । तर यो विश्वविद्यालय स्थापनाकाल देखि अहिले सम्म कुनै पनि दिन विवाद रहित हुन सकेन । यो विश्वविद्यालय मातहत अहिले एकमात्र कलेज छ । विश्व विद्यालयका उच्च पदाधिकारी उपकुलपति र रजिष्टार पनि छैन । यस क्याम्पसमा क्याम्पस प्रमुख पनि छैनन् ।

संस्थापक उपकुलपति प्रा. भरत झाको २०७८ पुष २६ गते अवकाश पाएपछि क्याम्पसका प्राध्यापक डा. शैलेन्द्र नारायण मल्लिक उपकुलतपीको जिम्मेवारी सम्हाले पनि अदालतले उनलाई कार्यसम्पादन नगर्न आदेश दिएको र २०७८ फागुन १५ गते देखि बिश्वविद्यालय पदाधिकारी विहिन छ भने क्याम्पस प्रमुख विनोद कुमार कर्ण समेत स्वास्थ्य अवस्था खराब रहेको भन्दै राजीनामा दिएर चार महिना देखि बसेका छन् । विश्वविद्यालयका प्रध्यापकहरुले पनि राज्यले अभिभावकत्व ग्रहण गर्न नसक्दा वेहाल भएको बताउछन् ।
बिश्वविद्यालयका सहउपकुलपती समेत रहेका मधेशका मुख्यमन्त्रीसंग यस विषयमा बुझन खोज्दा उनको मोबाइल अधिकांश समय बन्द रहने, सचिवालयमा बुझदा उहाँ यस विषयमा बोल्च चाहनु हुन्न भन्दै समय नै नदिने परिस्थिती छ । हामिले एक कार्यक्रममा भेटेका मुख्यमन्त्री यादवलाई यस विषयमा प्रश्न गर्न भ्यायौं र उनले भने ।

मुख्यमन्त्री यादवले स्वयम नेपाल सरकारलाई यस विषयमा धेरै पहिला जानकारी गराउँदा समेत केहि नभएको र त्यसपछिको अवस्था बारे आफु पनि जानकार नरहेको र दुुई दिन अगाडि शिक्षा मन्त्रीलाई फोन गर्दा सम्र्पक हुन नसकेको बताउछन् । मधेशका शिक्षा मन्त्रीको पनि उस्तै बाध्यता सुनियो । उनले पनि संघिय सरकार समस्या समाधान गर्न भन्दा पनि उपकुलपतीको भागबन्डामा अल्मलिएका कारण समस्या रहेको बताउछन् ।
बिश्वविद्यालयमा विद्यार्थी, शिक्षक र कर्मचारीहरुले अहिले अध्यन्न अध्यापन र प्रशासनिक काम भन्दा पनि आन्दोलन, सडकमा रयाली र प्रदर्शन र आफै आफैमा कुटाकुट समेत गर्न भ्याएका छन् । विद्यार्थीहरु मधेशको राजधानीमा रहेको यस बिश्वविद्याललयमा आएर आफुहरुको भविष्य संकटमा पर्दा समेत मधेश सरकारले केहि गर्न नसकेको बिएससी एलएलटीका विद्यार्थी सन्तोष कुमार यादवको आरोप छ ।

उनको प्रश्न छ, ‘यहाँका नेता विमलेन्द्र निधी, रघुविर महासेठ र जुली महतोको काम कार्यक्रता बनाउने, बढाउने र बचाउने मात्र हो कि यो बिश्वविद्यालय बचाउने पनि हो ?’ विद्यार्थीहरु कहिले मधेश सरकार, कहिले सिडिओ त कहिले जनकपुरधामका मेयरलाई ज्ञापन पत्र बुझाउन पुग्ने गरेका छन् ।
विश्वविद्यालयमा बीएएलबी, बीबीए, बीसीए, बीएससीआईटी, बीएमएलटी, बीपीएच, एमबीएसहितका संकाय गरि अहिले कुन पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् । विवाद र समस्याका कारण यो विश्वविद्यालय स्थापनाको पाँच वर्षमै लडखडाएको छ ।

करीब दुई दशक लामो प्रयासपछि राजर्षि जनक विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक संसदबाट पारित भएसंगै तत्कालिन प्रदेश २ मा सो विश्व विद्यालय स्थापनाको बाटो खुलेको थियो । २०७४ असोज २६ गते संसदबाट सो विधेयक सर्वसम्मतिले पारित भएको थियो । मधेशको शानको रूपमा प्रचार गर्दै स्थापना भएको विश्वविद्यालयलाई बचाउनका लागि केन्द्र र प्रदेश सरकार ध्यान दिन्छ कि कुर्सी र सत्ता र भागबण्डाको खेलमा धवस्त पार्छ भन्ने कुरा समयले बताउला ।





