एसपी रिपोर्टर
जनकपुरधाम, असार २४ :
आफ्नै सौतेनी आमालाई कर्तव्य गरी ज्यान मारेको अभियोगमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरि सार्वजानिक गरेको छ । सौतेनी आमाले बासी भात खान दिएको रिसको झोँकमा विवाद भएपछि काठको चिरपट प्रहारबाट आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको आरोपमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ शिवनगर पथराई स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने पर भारत जिल्ला बेतिया नरकटियागंज थाना केयुनिया बस्ने राजु भगतको छोरा वर्ष २० को प्रेम भगतलाई प्रहरीले पक्राउ गरि सर्वाजानिक गरेको हो ।

उनले आफनी कान्छी आमा ३९ वर्षकी मिरा देवी भगतको हत्या गरेको आरोप छ । घटना हिजो शनिवार भएको हो । प्रेम आफना बुवा संगै बसेर राजमिस्त्रीको काम गर्दै आएका छन् । मिरा देवीको मृत्यु भए लग्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले बताए ।

बासीभात आन्न बरु होटलमा खान्छु भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि आफुले धक्का दिँदा आमा लडेको र मलाई काठको चिरपटले हान्न खोजेपछि चिरपट खोसेर आफु पिठयुमा हान्न खोजेपनि टाँउमा लागेको आरोपित प्रेमले कबुलेको प्रहरीको भनाई छ ।

मृतक राजु भगतको कान्छी श्रीमती हुन । प्रहरीले उनको जेठी श्रीमतीबाट पनि २ छोरा र २ छोरी तथा मृतक महिलाको पनि दोस्रो विवाह रहेकाले पहिलो श्रीमान हबाट २ छोरी र १ छोरा तथा हाल राजुसंगको विवाह पश्चात एक २ महिनाको बच्चा रहेको छ । करिव ७८ महिना पहिला राजु भगतले आफ्नो जेठी श्रीमतिको छोरा प्रेमलाई समेत नेपालमा ल्याई राजमिस्त्री काममा लगाएका थिए ।

मृतक महिला र निजको श्रीमान संग वेलावेलामा झै–झगडा हुने गरेको प्रहरीको भनाई छ । अभियुक्त प्रेम सहित शवसंगै जलेर वाँकी रहेको मृतकको कपडा सहितका बस्तुहरु पनि प्रहरीले सार्वजानिक गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।